Thursday, March 10, 2011

संविधान निर्माणको विषय ६०१ सभासदको हातमा: राष्ट्रपति

 मिलन पराजुली
 फागुन २६ नवलपरासी ।राष्ट्रपति डा.रामवरण यादवले देशको सम्पूर्ण जिम्मेवारी ६ सय १ जना सभासदको काँधमा रहेको वताउनुभएको छ । तनहुँस्थित देवघाट क्षेत्र विकास समितिको नवनिर्मित कार्यालय भवनको उद्घाटन पछि आयोजित सभालाई संबोधन गर्दै राष्ट्रपति यादवले जनताले ६ सय १ सभासदहरुलाई देशको सम्पूर्ण जिम्मेवारी दिएका कारण देशलाई कुन दिशामा लैजाने भन्ने उनीहरुमै भर  बताउनुभयो ।

देशमा जारी राजनीतिक अस्थिरतासंगै बढ्दो राजनीतिक समस्याले छिट्टै निकास पाउने भन्दै राष्ट्रपति डा. यादवले लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्न सवै एकजुट हुनु आवश्यक रहेको बताउनुभयो । छोरी अनिता यादवका साथ विहान सवा ८ बजे हेटौडाबाट सिधै तनहुँको देवघाट पुग्नुभएका राष्ट्रपतिलाई देवघाटका बासिन्दाले भव्य स्वागत गरेका थिए ।

त्यस अवसरमा यादवले देवघाट क्षेत्रमा निर्माण गरिएका विभिन्न देविदेवताहरुको मठमन्दिरको समेत अवलोकन गर्नुभएको थियो । चितवन, तनहुँ र नवलपरासीको संगम मानिने बेनीको समेत अवलोकन गर्नु भएका राष्ट्रपति डा. यादवले आफ्नो धर्ती, आफु जन्मेको माटो र आफ्नो सभ्यतालाई संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालका धार्मिक स्थलहरुको बिकासका लागि सरकारको ध्यान जान नसकेको बताउनुभयो ।

अन्य देशका धार्मिक स्थलमा भएका विकासलाई हेरेर भए पनि नेपालका धार्मिक स्थलको बिकास गर्नुपर्नेमा उहांको जोड थियो ।  नेपाल धर्म निरपेक्ष राष्ट्र घोषणा भईसकेका कारण सवै धर्म लाई समान रुपले संरक्षण गर्न आफु लागिपर्ने समेत उहाले बताउनुभयो ।

यसैगरी राष्ट्रपति रामवरण यादवले  बिहीवार नै नारायणगढ स्थित बालकुमारी उच्च माध्यमिक विद्यालयको नव निर्मितको भवन उद्घाटन गर्नुभयो ।  उहाँले आजै भरतपुरस्थित मैयाँदेवी कन्या कलेजमा आयोजित विद्यार्थी सम्मान कार्यक्रममा सहभागिता जनाउनुभएको छ ।

 उहाँ गीतानगरस्थित अरुणोदय उच्च माविको स्वर्णजयन्ति समारोहमा समेत सहभागि हुने कार्यक्रम छ । राष्ट्रपति डा. यादवको सुरक्षाको लागि चितवन प्रशासनले कडा सुरक्षा व्यवस्था गरेको छ ।

No comments:

Post a Comment