Thursday, March 10, 2011

शान्ति समिति छिटो वनाउन अधिकारकर्मीको माग

सङ्गम तिवारी
 फागुन २६ गोरखा।गोरखा जिल्लामा रहेका अधिकारकर्मीहरुले स्थानीय शान्ति समिति गठन गर्नका लागी पहल गर्न विहिवार प्रमुख जिल्ला अधिकारी समक्ष माग गरेका छन् । द्धन्द पीडितलाई राहत दिन र शान्ति स्थापनामा सहज वातावरण निर्माण गरिने सो शान्ति समिति गोरखा लगायत ३ जिल्लामा मात्र वनेका छैनन् ।

द्धन्द पीडितलाई राहत दिने काममा सहज हुने उदेश्यका साथ शान्ति मन्त्रालयको पहलमा संचालन हुने स्थानीयशान्ति समित गोरखामा गठन नभएकमा कारण द्धन्द पीडितले रहत नपाएको भन्दै शान्तिका लागी मानव अधिकार संजाल गोरखाले प्रमुख जिल्ला अधिकारी मोहन वाग्ले समक्ष गुनासो गरेका हुन् ।

 प्रतिउत्तरमा वाग्लेले आफुले सम्वन्धित निकायमा पहल गर्ने वचनवद्धता  ब्यक्त  गर्नुभएको थियो ।

No comments:

Post a Comment