Thursday, March 10, 2011

गृह मन्त्रालय माओवादीकै कोटामा: डा.भट्टराई

एक मायाँ तमु
  फागुन २६ तनहूँ । एकीकृत ने.क.पा. माओवादीका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री डा.वावुराम भट्टराईले झलनाथ खनाल नेत्रित्वको सरकारमा आफ्नो पार्टी जानु वाध्यता भएको जनाउनुभएको छ। तनहूँको भानु गाविस स्थित एक विद्यालयको वार्षिक उत्सवमा आउनुभएका नेता भट्टराईले हाम्रो गोरखा सन्देश संग कुराकानी गर्दै विहीवार  यस्तो  कुरा वताउनुभएको हो ।

नेता भट्टराईले सरकार विहिनताको स्थिति अत्य गरि देशलाई शान्ति र सवृद्धि वनाउन पनि ठुलो पार्टीको हैसियतले माओवादी झलनाथ खनाल नेतृत्व सरकारमा समावेश भएको धारणा व्यक्त गर्नुभयो ।उहाँले अहिले एमाले भित्र किचलो भएकाले गृह मन्त्रालय एमालेलाई दिएपनि गृहमन्त्रालय माओवादीकै कोटामा परेको जनाउनुभयो ।

No comments:

Post a Comment