Thursday, March 10, 2011

भबन निर्माण गर्न सवा दुई लाख सहयोग

सङ्गम तिवारी
 फागुन २६ गोरखा(दरबुङ) ।नेपाल परिवार दलका अध्यक्ष एवं सभाषद एकनाथ ढकालले विद्यालय भवन निर्माणका लागी २ लाख २५ हजार आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको छ । विहीवार दक्षिणी  गोरखाको दरबुङ गाविस स्थित रत्नेश्वर उच्च माविको एक कार्यक्रममा सभाषद ढकालले सो सहयोग रासिको घोषणा गर्नुभएको हो ।

भवन कम भएको कारण विद्यार्थीलाई पढाईमा सहज होस् भनी सो सहयोग गरेको सभाषद एकनाथ ढकालले वताउनुभयो । कार्यक्रम रत्नेश्वर उच्च मावि विद्यालय संचालक समिति अध्यक्ष्य यम दत्त दुवाडीको अध्यक्षतमा सम्मन्न भएको थियो ।

No comments:

Post a Comment