चैत ३ काठमाडौं। नेपाली कागे्रसले सरकारमा सहभागि एकीकृत माओवादीको भातृ संगठन वाइसिएलले देशमा अराकजता सृजना गर्दा समेत प्रशासन मुकदर्शक भएर बसेको भन्दै सरकारको आलोचना गरेको छ । व्यबस्थापिका संसदको बिहीवार बसेको बैठकको सुरुमै सभामुखसंग समय लिएर कांग्रेस मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले माओवादी अराजकता अस्पतालमा समेत पुगेकोमा सरकारले शान्ति सुरक्षाको व्यबस्थागर्न नसकेको भन्दै आपत्ति जनाउनु भएको हो ।
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशकमा लक्ष्मीनारायण सिंहलाई कार्यभार संहाल्न नदिएर वाइसिएलले उपचार प्रभावित गर्न खोजेको भन्दै उहाँले आपत्ति जनाउदै प्रधानमन्त्रीसँग सरकारको जवाफ माग गर्नुभयो ।
तर संसदको विशेष समयमा माओवादीका चित्रबहादुर श्रेष्ठले कागे्रसले नियमावली विपरित नयाँ निर्देशक नियुक्ति गरिएका कारण क्यान्सर अस्पतालमा समस्या देखिएको भन्दै अवैधानिक ढंगले गरिएको नियुक्ति खारेज गर्न माग गर्नुभयो ।
कांग्रेसले क्यान्सल अस्पतालको नियमावली विपरित मनोमानी ढंगले बैठक बोलाएर निर्देशक नियुक्ति गरेकोले कर्मचारीले प्रसाशनमा चापी लगाएको दावी गर्नुभयो । अस्पतालमा लुटको राज्य मच्चाउन कागे्रसले नियमावली विपरित निर्देशक नियुक्ति गरेको जीकिरगर्दै श्रेष्ठले माओवादीलाइ वदनाम गर्न खोजिएको टिप्पणी गर्नुभयो । श्रेष्ठ बोलिरहदा कागे्रस सचेतक कमला पन्तले नियमापत्ति गर्नुभएको थियो ।
एमालेकी राधा ज्ञवालीले राज्यका सम्पूर्ण क्षेत्रमा ३३ प्रतिसत महिलालाई सहभागि गराउने संकल्प प्रस्ताव पारित गरेपनि कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षण गर्नुभयो । उहाँले मन्त्रीमण्डल विस्तारका क्रममा सरकार र राष्ट्रिय योजना आयोगमा ३३ प्रतिसत सहभागि गराउनु माग गर्नुभयो । ज्ञवालीले उच्चस्तरिय भुमीसुधार आयोगको प्रतिवेदन सार्वजानिकगर्न र शिफारिश कार्यान्वयन गर्न सरकारसंग माग गर्नुभयो । स्वतन्त्र सभासद बवन सिंहले मधेशवादी तीनदलका नेताहरु झोली भर्न र भारतीय प्रधानमन्त्रीको आर्शीवाद थाप्न दिल्ली गएको आरोप लगाउनुभयो ।
त्यसअघि संसदको शून्य समयमा मधेशी जनअधिकार फोरमकी ललिता शाहले आफ्ना श्रीमानको अवस्थावारे प्रधानमन्त्रीले जानकारी नगराए संसदभीत्रै आत्महत्या गर्ने चेताननि दिनूभएको थियो । मधेशी युवा फोरमका अध्यक्ष रहेका साहका श्रीमान तीन बर्षदेखी वेपत्ता छन । सदभावनाकी सरिता गिरिले सदभावना आनन्दीदेवीकी अध्यक्ष आनन्दिदेवी सिंहको निधन असामान्य भएको भन्दै छानविनगर्न माग गर्नुभयो ।
संसद बैठकमा अर्थमन्त्री भरतमोहन अधिकारीले लगानि बोर्ड विधेयक पारित गरियोस भनी प्रस्ताव पेशगर्ने कार्यसूची छ ।
No comments:
Post a Comment