Thursday, March 17, 2011

उद्योगलाई डिलरको मुल्यमा पेट्रोल उपलब्ध गराएको विरोधमा आन्दोलन घोषणा

  चैत ३ बिराटनगर।     सरकारले उद्योगलाई डिलरको मुल्यमा पेट्रोलियम उपलब्ध गराउन लागेको बिरोधमा पेट्रोलियम डिलर्स एशोसिएशनले आन्दोलनको घोषणा गरेको छ । विराटनगरमा पत्रकार सम्मेलन गरी एशोसिएशनले देशब्यापी रुपमा आन्दोलन गर्ने जनाएको छ । सरकारले उद्योगलाई पेट्रोलियम दिएकै दिनदेखि पम्पहरु बन्द गरेर आन्दोलन गरीने एशोसिएशनका केन्द्रीय अध्यक्ष सरोजप्रसाद पाण्डेले बताउनु भयो ।

 स्कीकृत प्राप्त डिलरहरुलाई बाईपास गरेर उद्योगलाई डिलरको मुल्यमा डिजल बिक्रि गर्ने निर्णय तत्काल फिर्ता लिन एशोसिएशनले माग गरेको छ । सरकारी सुरक्षा निकायबाट संचालित पेट्रोल पम्पहरु पनि अबिलम्ब बन्द गरिनु पर्ने बताउदै अध्यक्ष पाण्डेले सुरक्षा निकायका पम्पबाट भ्रष्टाचार बढेको आरोप लगाउनु भयो ।

 सेनाको पम्पलाई आयल निगमले चार पटक कारवाही गरेको र प्रहरीको पम्पबाट सात करोड रुपैया भ्रष्टाचार भएको अख्तियारले भेटेको पाण्डेको भनाई छ ।

No comments:

Post a Comment