चैत ३ काठमाडौं। मासिक १ अर्ब ५५ करोड रुपैया घाटा हुँदा टाट पल्टने अवस्थामा पुगेको नेपाल आयल निगमले तत्काल राज्यले अनुदान नदिए पुन पेट्रोलियम पदार्थको मुल्य वृद्धि गर्नुपर्ने स्पष्ट पारेको छ । बिहीवार राजधानीमा रिपोटर्स क्लब नेपालले गरेको साक्षात्कारमा निगमका कार्यकारी निर्देशक दिगम्बर झाले पछिल्लो समयमा हवाई ईन्धन र पेट्रोलमा मुल्य बृद्धि गरेको भए पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य वृद्धि भईरहेको अवस्थामा मुल्य वृद्धि नगरे निगम चल्न नसक्ने अवस्थामा नरहेको बताउनुभयो ।
उहाँले पछिल्लो मुल्य बृद्धि पनि हवाई ईन्धनमा केही नाफा भए पनि पेट्रोलमा अझै ४ रुपैया ३० पैसा घाटा रहेको, डिजेलमा प्रति लिटर २० रुपैया र खाना पाकाउँने एलपी ग्यासँमा २ सय ५४ रुपैया घाटा भएको जानकारी दिनुभयो । पछिल्लो समयमा लोडसेडिङ्गका कारण पेट्रोलियम पदार्थको खपत दोब्बर बढेकोले पनि घाटा चुलिदै गएको भन्दै कार्यकारी निर्देशक झाले सरकारले अनुदान वा करमा छुट नदिए आपूर्ति असहज बन्ने चेतावनी दिनुभयो ।
आयल निगम निरन्तर घाटामा रहे पनि सरकारले पेट्रोलमा झण्डै ३१ रुपैया, डिजेलमा साढे बाह् रुपैया, मट्टितलेमा २ रुपैया र ग्याँसमा २ सय १० रुपैया कर लिने गरेको छ । अर्को एक प्रसंगमा कार्यकारी निर्देशक झाले बाहिर आए जस्तो निगमका कर्मचारीहरुले विगत १० वर्षदेखि कुनै बोनस नलिएकोसमेत जानकारी दिनुभयो ।
निगममा आवस्यकता भन्दा बढि सात सय कर्मचारी कार्यरत छन् ।
No comments:
Post a Comment