कूल तामाङ्
चैत ३ नुवाकोट । नुवाकोटको बाहुनवेसीबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक वस आज दिउँसो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । नर्जामण्डप गाविसको वाहुनवेशीवाट काठमाडौं जादै गरेको वा २ ख ६६८६ नम्वरको वस ओखरपौवा गाविस वडा नं.१ जलकुनीमा सडकवाट चालीस मिटर तल खसेर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
वसका कन्डक्टर तुप्चेका हरि लामिछानेको उपचारको लागि काठाडौं लैजादै गर्दा मृत्यु भएको र घटनास्थलमै मृत्यु हुनेहरुको सनाखत हुन नसकेको प्रहरी नायव उपरिक्षक वालकृष्ण थापाले वताउनु भयो ।
वस दुर्घटनाहुदा घटनास्थलमा तीन र उपचारका लैजाने क्रममा एकको मृत्यु भएको छ । सडकवाट चालीस मिटर तल खस्दा स्थानीय हरि फुयालको को घरमा ठोक्कीएको थियो । दुर्घटनास्थलमा मरेका यात्रुहरु वस र घरमा चेपिएका थिए । दुर्घटनामा घाईते भएका मध्य ३३ जनाको जनमैत्री,३ जनाको वीर र ३ जनाको शिक्षण अस्पताल महाराजगंजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
वस दुर्घटनाको कारण र अन्य थप विवरण अझै प्राप्त हुन नसकेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

No comments:
Post a Comment