चन्द्रश्वर बस्ताकोटी
चैत ३ मुस्ताङ । चैत ५ गते देखि शुरु हुने थकालीहरुको मुख्य पर्व तोरन्ल मनाउन मुस्ताङका जोमसोम देखि तल सबै गाबिस र गाउमा घर रगाउने, प्रसाद बनाउन मुस्ताङीहरुलाई भ्याइ नभ्याइ भएको छ । फागु पुणीमाको अधिल्लो दिन शुक्रबार देखि थकालीहरुको मुख्य चाड शुरु हुदै छ ।
तोरन्लको बेला पुरुषहरुले तारा खेल खेल्ने भएकाले मुस्ताङका थकाली बस्तीमा तारा खेलका लागी तयारी पुरा गरिएको छ । आज बिहिवार देखी नै तारा खेल शुरु हुने र शुक्रवार देखि तोरन्ल शुरु हुने जोमसोमका ओमप्रसाद थकालीले बताउनु भयो । तोरन्लका बेला आफन्तलाई मिठामिठा परिकार बनाई खुवाउने गर्दछन । कम जनसंख्या रहेका जातजातीको पुर्खौली इतिहास जोगाउन राज्यले चासो देखाउनुपर्ने शेरचनले बताउनु भयो । आफ्ना पितृहरुको स्मरण गदै तोरन्ल ३ देखी ७ दिन सम्म मनाउने चलन रहिआएको छ ।
फागुपुर्णिमाको अवसरमा बिहिबार थकाली सेवा समिति म्याग्दीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद तिवारी लगायतका बक्ताहरूले सो कुरा बताएका हुन ।
कार्यक्रममा थकाली सेवा समिति म्याग्दीका अध्यक्ष जगतनारायण गौचनले सबै जातिजाति, भाषा धर्मलाई सरकारले समान दृष्टिकोणले हेर्नुपर्ने बताउनुभयो ।
तोरन्लका अवसरमा तारा खेल, शुभकामना आदानप्रदान लगायतका कार्यक्रमहरू सञ्चालन गरिने थकाली सेवा समितिका केन्द्रिय सदस्य गोपाल भट्टचनले जानकारी दिनुभयो ।
मुस्ताङको कोवाङ गाविसलाई उद्गम स्थल मान्ने मानिने थकालीहरु करिब ४४ हजारको संख्यामा रहेका बताइन्छ ।
No comments:
Post a Comment