कूल तामाङ्
फागुन २० नुवाकोट ।सशस्त्र द्वन्दको समयमा ज्यान गुमाएका सहिद परिवार तथा घाइतेहरुलाई विदुरमा सम्मान गरिएको छ ।
जनयुद्धको नाममा नेकपा माओवादीले सञ्चालन गरेको दश वर्षे सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका परिवारलाई जनक्रान्तिका महान सहिद परिवारले दोसल्ला ओढाएर सम्मान गरेको हो ।
सहिद प्रतिष्ठान नेपालका जिल्ला अध्यक्ष रामभक्त उप्रेतीको सभापतित्वमा आयोजित कार्यक्रममा सभासद विमला सुवेदीले सहिद परिवार तथा घाइतेहरुलाई सम्मान गर्नुभएको हो ।
सशस्त्र द्वन्द्वको समयमा एक सय ४५ जनाले ज्यान गुमाएका थिए भने २६ जना घाइते रहेका छन् । सम्मान कार्यक्रममा सहभागी हुन आएका सहिद परिवारको आँखामा भरिएको आँसुले कार्यक्रमस्थल मौनतामा बदलिएको थियो ।
कार्यक्रममा एकीकृत नेकपा माओवादीका जिल्ला सेक्रेटरी पुष्प लामिछाने अरुण, रामचन्द्र पौडेललगायतले मन्तव्य राख्नुभएको थियो ।
No comments:
Post a Comment