Friday, March 4, 2011

अन्तराष्ट्रिय श्रमिक महिला दिवस नुवाकोटमा पनि मनाइने

कूल तामाङ्

फागुन २० नुवाकोट। १०१ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस नुवाकोटमा पनि विभिन्न कार्यक्रम आयोजना गरि मनाइने भएको छ ।

अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष विन्दा अर्यालको सभपतित्वमा सम्पन्न सरोकारवालाहरुको वैठकले फागुन २३ गते विदुरमा खुल्ला चेतनामुलक लोकदोहोरी प्रतियोगिता आयोजना गर्ने, २४ गते गेर्खु, समुन्द्राटार, सुर्यमति, रानीपौवा, ओखरपौवा, घलेभन्ज्याङ लगायतका स्थानमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

यस्तै यस वर्षको लागि तय भएको शिक्षा, तालिम र विज्ञान प्रविधिमा समान पहुँच, महिलाको लागि सम्मानजनक कार्यको माग दिवसको मुल नारामा नेपाल आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषदले विदुरमा अन्र्तक्रिया समेत सञ्चालन गर्ने छ ।

अन्तरपार्टी महिला सञ्जाल, महिला विकास कार्यालय, विदुर नगरपालिका, जिल्ला विकास समिति कार्यक्रमको आयोजक रहेका छन् । कार्यक्रममा स्थानीय विकास अधिकारी दामोदर भण्डारी तथा निमित्त प्रमुख जिल्ला अधिकारी सन्तोष पौडेलको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment