कूल तामाङ् फागुन १ नुवाकोट ।
एकिकृत नेकपा माओवादीले नुवाकोटमा पनि जनयुद्धको सोह्रौ बार्षिकोत्सव मनाएको छ । शान्ति र संविधान सुनिश्चिताको लागी राजनितिक दलहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै माओवादी केन्द्रियसदस्य तथा ताम्सालिङ राज्य समिति सेक्रेटरी हितबहादुर तामाङले माओवादीले सरकार निर्माणका लागी देखाएको त्याग एमालेले चिन्न नसकेको बताउनुभयो । शान्ति र संविधानका लागी माओवादीले गरेको त्यागको अरु दलले पनि कमजोरी नठानी आत्मसाथ गरेमा देशले समयमा नै संविधान पाउने नेता तामाङले बताउनुभयो ।

देशको संक्रमणकालीन अबस्था अन्त्य नभईसकेको अबस्थामा दलहरु भाले जुधाई गर्नुको कुनै अर्थ नभएको बताउदै मुलुकले राष्ट्रिय आत्मसमर्पणबाद र विदेशी दलालको विरुद्ध एकजुट हुनु को विकल्प नरहेको नेता तामाङलेदाबी गर्नु भयो ।
कार्यक्रमा सभासद विमला सुवेदीले एमाले र माओवादी सरकार निर्माणमा भएको सातबुदे सहमतिलाई तुहाउने काम एमाले भित्रै शान्तिर संविधान विरोधीहरुले गरेको बताउनुभयो ।
माओवादी इन्चार्ज लक्ष्मी मुडभरी, नेकपाएमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडा,नेपाली कांग्रेसकी विन्दा अर्याल, राष्ट्रियप्रजातन्त्र पार्टीका रामकृष्ण भट्ट, नेकपा मालेका पल्लबराज पाठक, सहिद परिवारका केन्द्रियसदस्य मिना वाइवा, प्रमुख जिल्ला अधिकारी गोविन्दमणि भुर्तेल, नुवकोट उद्योग बाणिज्यसंघका अध्यक्ष शरणउत्सुक सापकोटा, गैसस महासंघ नुवाकोटका अध्यक्ष पदम उप्रेती, स्थानीयविकास अधिकारी दामोदर भण्डारी लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम अघि बर्षगाठको अबसरमा बृहत मोटरसाइकल र्याली गरेको थियो । देविघाटबाट सुरु भएको मोटरसाइकल र्याली पिपलटार,बट्टार, त्रिशूली हुदै कोलनी पुगेर विदुरमा आएर सकिएको थियो ।
No comments:
Post a Comment