Sunday, March 6, 2011

बेसी झरेका उपल्लो मुस्ताङवासी घरतिर

चन्दश्वर बस्ताकोटी
 फागुन २२ मुस्ताङ। जाडो छल्न ब्यापार लिएर बेसी झरेका हिमालपारीको उच्च हिमाली क्षेत्र उपल्लो मुस्ताङवासी यसबर्ष अलि ढिला गरि गर्मीसंगै घर फर्कीएका छन । गत बर्षहरुमा माधतिरै फर्कि सक्ने उपल्लो मुस्ताङबासी यस बर्ष भने जाडोका कारण फाल्गुनको तेस्रो हप्ता हप्ता सम्ममा फर्कीसकेका हुन ।

उपल्लो मुस्ताङका छोसेर, लोमान्थाङ, छोन्हुप, सुर्खाङ, चराङ, घमी, लगायत सात गाविसका करिव पैतालिस सय बासिन्दाहरु आफना लालाबाला, घोडा, खच्चड सहित जाडो छल्न भन्दै व्यापार लिएर असौज देखि बेंसी झर्न शुरु गरेका थिए । 

उच्च हिमाली क्षेत्रमा पर्ने यी ठाउहरुमा चिसो बढन थालेपछि प्रत्येक बर्ष यहाका बासिन्दाहरु अन्नवाली भित्राउदै बुढा बुडी ,अपाङ र घर कुरुवालाई छोडेर अधिकाशं पोखरा, चितवन, काठमाडौं, बुटवल, म्याग्दी, पर्वत लगायत भारतका बिभिन्न न्यानो स्थानमा व्यापार लिएर जाने गर्दछन । “बर्ष भरिका लागि जोहो गर्न पनि हामी बेशी झरेका थियौ” छोसेरका टांसी गुरुङले थपे “हामी जो सुकै पनि सानो ठुलो नभनि कुनै न कुनै ब्यवसाय गर्ने गर्छौ, यहि बेला त हो नि कमाउने भनेको ।” “त्यो बेला बाक्लो हिमले गाउ बस्न सकिन्न, अझ यसबर्ष त पहिले पहिलेको भन्दा बढि हिउपर्यो, जाडो भयो ।  

जिउज्यान र परिवार पाल्न केहि त गर्नै प¥यो, रोजीरोटीका लागि भारतको बनारस, गुहाटी, देहरादुन, पंजाब, लुधियाना, आसाम लगायतका शहरका स्विटर लगायत कपडाको ब्यापार गर्दा फाइदा हुने हुनाले समुह समुह बनाई त्यस तर्फ जान्छौ, अहिले भने घर तिर जाने हतारो भएको छ” ढाकमरकी ४३ बर्षीय भुट्टो आङमो गुरुङले बताइन ।

आफ्ना घोडा खच्चडलाई चरनका लागि पोखराको काजीपोखरी, कुडहरफाट, सेदि बगर ,खहरे फाटमा छोडेर प्राय जसो उपल्लो मुस्ताङका वासीन्दाहरु व्यापार लिएर नेपालका बिभिन्न स्थान र भारतका बिभिन्न शहरहरुमा समेत जाने गर्दछन । उनीहरु मंसीर, पुस, माघ र फाल्गुन महिना नेपालका बिभिन्न स्थानमा मुस्ताङको स्थानिय उत्पादन जिम्बु लगायत अत्यावश्यक घरायसी सामाग्री,लत्ताकपडाको घुम्ती व्यापार गरेर बिताउछन भने भारतका बिभिन्न शहरमा स्विटर लगायत अन्य लत्ताकपडाको ब्यापार गर्ने गर्दछन । घुम्ती व्यापार गर्दा अन्न लिएर सामान बेच्दा बढि फाइदा हुने हुदा बस्तु बिनिमयलाई प्राथमिकता दिने उनीहरु गाउ गाउ सम्म पुग्ने गर्दछन । 

आफुसगै ल्याएका आफना बिद्यालय जाने लालाबालालाई पोखरामा घुम्ति स्कुलमा पढाइ गर्मी बढन थालेपछि सगै घर फर्कका छन । छोन्हुप गाबिस अन्र्तगतका ६ बिद्यालयका बिद्यार्थी गाबिस अनुदान चार लाखको स्रोतमा पोखराको बाग्लुङ बसपार्क नजिकै मुक्तिनाथ समाजको गुम्बामा घुम्ती रुपमा अध्ययन गरि फर्केका हुन । छोसेरको दिब्य दिप माबि, लोमान्थाङको राष्टिय निमाबि पोखरामा सरकारी स्रोतबाट घुम्ती बिद्यालयका रुपमा गरिएका थिए । यि बिद्यालयलाई सरकारले धुम्ती रुपमा सचांलन गर्न प्रति बिद्यार्थी प्रति महिना पन्ध्रसय रुपैया तिन महिना सम्म उपलब्ध गराउदै आएको छ । 

लोमान्थाङको महाकरुणा शाक्यपा आवासिय बिद्यालय, छोन्हुपको पाल एबाम नाम्ग्याल गुम्बा, लोमन्थाङको लो कुनफेन आम्ची बिद्यालय छोसेरका लो गर्फुक मन्जुश्री गुम्बा बिद्यालय, लोवो ङिफुक नोर्बुलिङ गुम्बा बिद्यालय लगायत केहि गुम्बा बिद्यालय भने निजी खर्चमा पोखरा काठमाण्डौका बिभिन्न ठांउमा जाडोबेलामा सचांलीत हुदै आएका छन ।

जाडोमा घुम्ती व्यापार गरी कमाएको पैसाले बर्षभरिका लागि लत्ता कपडा, खाद्यान्न, नुन, तेल लगाएतका अत्यावश्यक सामान किनेर घर फर्कने उपल्लो मुस्ताङबासी पोखरा बेनी  हुदै जोमसोम सम्म बस र जिपको यात्रा र जोमसोमबाट गत बर्ष देखि कालिगण्डकी नदि हुदै टेक्टर वा ट्रकमा उपल्लो मुस्ताङ सम्म जाने गरेकाछन । 

गत दुई बर्ष अगाडि सम्म छुसाङको चैले सम्ममात्र जाने टेक्टर वा ट्रक हाल भने जिल्ला बिकास समिती मुस्ताङले खर्च गरी अस्थायी मार्ग बनाए पछि कालीगण्डकी नदि किनारै किनारको बगरबाट नदिमा पानी नबढुन्जेल सम्म उपल्लो मुस्ताङ पुग्ने भएको हो । 

जाडोमा घुम्ती व्यापार गरी एकलाख रुपैयाको सामाग्री खरिद गरि पोखराबाट बेनी, जोमसोम हुदै घर तर्फ जान लागेका छोसेरका टांसी गुरुङले ट्रकमा सामान राख्दै जोमसोममा बताए ।

No comments:

Post a Comment