Friday, March 4, 2011
रहेनन् किसुन जी !
फागुन २० काठमाडौँ। नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ८६ वर्षको उमेरमा शुक्रबार राति ११ बजेर २६ मिनेट जाँदा निधन भएको छ। भट्टराईको उपचारमा संलग्न चिकित्सक डाक्टर भारत रावतले उहाको निधन भएको जानकारी गराउनु भएको हो ।
भट्टराईलाई विभिन्न स्वास्थ्य समस्या देखिएपछि तीन साताअघि काठमाडौँको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।स्वास्थ्य स्थिति बिग्रँदै गएपछि उहालाई फागुन ४ गते सघन उपचार कक्षमा सारिएको थियो।
सन्त नेताका रुपमा परिचित भट्टराई दुई पटक नेपालका प्रधानमन्त्री हुनु भएको थियो । ३ दशकको पञ्चायती शासनको विरोधमा भएको जनआन्दोलनपछि पहिलो पटक प्रधानमन्त्री बनेका भट्टराईको नेतृत्वमा नेपालमा बहुदलीय प्रजातन्त्रको पुनर्स्थापनापछिको संवैधानिक राजतन्त्रसहितको संविधान जारी भई चुनाव सम्पन्न भएको थियो।
सात सालको आन्दोलनपछि भएको पहिलो आम निर्वाचनपछिको संसदमा भट्टराईले देश कै पहिलो सभामुखका रुपमा कार्यभार सम्हाल्नु भएको थियो ।
Labels:
समाचार
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment