Thursday, March 17, 2011

कांग्रेस नेता तथा पूर्व मन्त्री चिरञ्जीवी वाग्ले पक्राउ

 चैत्र ३ काठमाडौं। भ्रष्टाचार आरोपमा डेढ वर्ष कैद सजाय सुनाइएका कांग्रेस नेता तथा पूर्व मन्त्री चिरञ्जीवी वाग्ले पक्राउ   पर्नु भएको छ।

वाग्लेलाई कालोपुल स्थित आफ्नै निवासबाट सर्वोच्च अदालतका कर्मचारीसहित पुगेको प्रहरी टोलीले पक्राउ गरेको हो । महानगरी प्रहरी परिसर कमलपोखरीका प्रहरी निरीक्षक हरि बस्नेतको नेतृत्वमा  प्रहरी टोलि खटिएको थियो।

वाग्लेलाई बुधबार मात्र सर्वोच्च अदालतले भ्रष्टाचार गरेको ठहर गर्दै २ करोड ३ लाख रुपियाँ जरिवाना र १८ महिना जेल सजाय तोकेको थियो।

No comments:

Post a Comment