कूल तामाङ् ।
चैत ३ नुवाकोट जिल्ला विकास समिति नुवाकोटको १८ औ जिल्ला परिषदले आव ०६८/०६९ का लागी २ अर्व १३ करोड १९ लाखको वजेट सार्वजनिक गरेको छ । यसमा जिविसको ८ करोड ९३ लाख ६६ हजार रहेको छ ।
जिल्ला विकास समितीको आन्तरिक तथा वाह्य शिर्षकमा आधार रहि राजनैतिक संयन्त्रले निर्णय गरेको आधारमा जिविसले वजेट घोषणासभा मार्फत वजेट सार्वजनिक गरेको हो । कृषि , उद्योग वन तथा वातावरण , शिक्षा तथा सामाजिक, पुर्वाधार र सामाजीक संघ संस्था गरी पाच विषयगत समिती मार्फत वजेट विनियोजन गरिएको छ ।
जिल्ला विकास समितीको आन्तरिक तथा वाह्य शिर्षकमा आधार रहि राजनैतिक संयन्त्रले निर्णय गरेको आधारमा जिविसले वजेट घोषणासभा मार्फत वजेट सार्वजनिक गरेको हो । कृषि , उद्योग वन तथा वातावरण , शिक्षा तथा सामाजिक, पुर्वाधार र सामाजीक संघ संस्था गरी पाच विषयगत समिती मार्फत वजेट विनियोजन गरिएको छ ।
८५ प्रतिशत विकास कार्यक्रम र १५ प्रतिशत प्रशासनिक खर्च छुट्टाइएको वजेटमा कृषि तर्फ १८ करोड ५२ लाख, उद्योग वन तथा वातावरणमा ३ करोड ९१ लाख, शिक्षा स्वास्थ्यमा ८० करोड ३ लाख, पुर्वाधार विकासमा १ अर्व १ करोड र सामाजिक संघ संस्था तर्फ ९ करोड ३४ लाख वजेट विनियोजन गरेको छ ।
वजेटलाई सहि रुपमा कार्यान्वयनका लागी जिविसले उपभोक्ता समिती मार्फत संचालन हुने योजना संचालनमा निर्देशिका जारी गरी सहभागीतात्म योजना संचालनमा जोड दिइएको छ । पशु पालक कृषकको हितका लागी पशु विमा कार्यक्रम र माद्यामीक विद्यालय नभएका जिल्लाका ११ गाविसमा माद्यामीक विद्यालय स्थापनाका लागी सहयोग गर्ने निती लिएको छ । पर्यटन वर्षलाई लक्षित गरी पर्यटन गुरुयोजना वनाईने र विकास कार्यक्रम संग सम्वन्धित सार्वजनिक सुुनुवाई कार्यक्रमलाई प्राथमिकता दिईने निती लिएको छ ।
जिल्ला विकास समितीको राजश्व वाडफाड तर्फ १ करोड १० लाख ३३ कार्यक्रममा खर्च गर्ने निर्णय गरेको छ । स्थानीय विकास अधिकारी दामोदर भण्डारीले जिविसको प्रमुख आम्दानीको श्रोतमा विद्युत रोयल्टीमाथी निर्भर रहुन परेकाले रोयल्टी रकम उर्जा क्षेत्र भन्दा वाहेकका शिर्षकमा समेत खर्च गर्नुपर्ने वाध्यता रहेको बताउनुभयो । आव ०६८/०६९ मा विद्युत रोयल्टी वापत २ करोड आम्दानी हुने अनुमान गरेको छ । विद्युतको २ करोड मध्य उर्जा विकासमा ६० लाख मात्र खर्च गर्ने वजेटमा उल्लेख गरिएको छ । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सामाजिक संघसंस्था, सरकारी कार्यालयका प्रमुखहरुलगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा महाकाली गाविसका सचिव सीताराम सापकोटालाई मरणोपरान्त दश हजार नगदसहित सम्मान गरिएको थियो । सचिव सापकोटाको केही महिना अघि थानसिङ गाविसमा वसको छतबाट खसेर मृत्यु भएको थियो ।
No comments:
Post a Comment