फागुन २६ काठमाडौं । सैनिक अदालतले आफु भन्दा माथिल्लो तहका अधिकृतको दुई बर्षे पदावधी नथप्न राजनीतिक लविङ गरेको आरोपमा प्राविधिक सहायक रथी किरण बज्राचार्य सहित नौं जनालाई दोषि ठहर गर्दै सजाय सुनाएको छ ।
उपरथी अनिल जंग थापाको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतले बज्राचार्य सहित नौं जनाले सैनिक अनुशासन तथा आचरण विपरितको कसुर गरेको ठहर गरेको हो । अदालतले सहायक रथी बज्राचार्यको दुई बर्ष बढुवा रोक्का गरेको छ भने प्राविधिक प्रमुख सेनानी प्रमेन्द्र किशोर क्षेत्री, प्राविधिक सेनानी गोविन्द मैनाली, प्राविधिक सेनानी किरण श्रेष्ठ र प्राविधिक सेनानी पंकज थापालाई एक बर्ष छ महिना बढुवा रोक्का गरेको छ ।
यस्तै प्राविधिक सेनानी ध्रुब पण्डितलाई एक वर्ष तथा प्राविधिक सह सेनानी बिदुर चन्द्र श्रेष्ठ, प्राविधिक सह सेनानी राजेश कुमार देव र प्राविधिक सह सेनानी राम सागर यादवलाई छ महिना बढुवा रोक्का गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । अदालतको निर्णय प्रधानसेनापति छत्रमान सिंह गुरुङले सदर गर्नु भएको निर्देशनालयद्धारा बिहीबार जारी विज्ञप्तीमा उल्लेख छ।

No comments:
Post a Comment