Thursday, March 17, 2011

ब्याड्मिन्टन खोजी अभियान बाट ३५ जना खेलाडी छनौट

सुनिल रेग्मी
 चैत ३ नेपालगञ्ज। स्वस्थ मुटु राम्रो ब्याड्मिन्टन खेल हाम्रो राष्ट्रिय गौरव स्वस्थ्य नागरिकको लागी खेलकुद भन्ने नाराका साथ फागुन ७ गते देखि २८ गते सम्म नेपालगञ्ज रगंशालामा सञ्चालन भएको नव प्रतिभावान ब्याड्मिन्टन खोजी अभियान बाट ३५ जना खेलाडी छनौट भएका छन् ।

बाँके जिल्ला ब्याडमिन्टन सघंले आयोजना गरेको खोजी अभियानमा २३० जना सहभागी भएका थिए । ब्याडमिन्टन खेलको उर्वरा मानिने नेपालगञ्जमा पछिल्लो समयमा ब्याड्मिन्टन खेलाडी हराउदै गएपछि जिल्ला ब्याड्मिन्टन सघंले नव प्रतिभावान खेलाडी छनौट प्रतियोगीता सुरु गरेको बाँके ब्याडमिन्टन सघंका सचिव अनिल लाखेले बताउनुभयो ।

No comments:

Post a Comment