कुल तामाङ फागुन १९ नुवाकोट ।
भद्रुटार गाविस वडा नं.३ नेवारपानीका एकैपरिवारका ६५ वर्षिय विष्णुप्रसाद थपलिया, उनकी ६४ वर्षिया श्रीमती भैरवी थपलिया र ४० वर्षिय छोरा श्याम थपलियाको हत्या भएको हो । समूहले गएराति एकै परिवारका तीन जनाको हत्या गरेको छ । तीनै जनालाई कोदालो प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
घरभित्र छरिएर रहेका तीनवटा शवमध्ये छोरा श्यामको शव मुलढोका र आमाबाबुको दुई शव भान्छा र मझेरीमा विभत्स अवस्थामा रहेका थिए । विहान अवेरमात्र छिमेकीले घटनाको वारेमा थाहा पाएपछि प्रहरीलाई खवर गरेका थिए । सदरमुकाम विदुरदेखि ११ कोष दक्षिणपुर्वी भेगको पातलो वस्तीमा रहेको एक्लो दुईतले पक्की घरमा वस्दै आएका थपलिया परिवारको हत्यापछि जिल्लाको पूर्वी भेगका बासिन्दाहरु त्रसित भएको पशुपति पाण्डेले जानकारी दिनुभयो ।
घटना घटेको घरदेखि चारैतर्फ करिव पचास मिटरको फरकमा दायावाया घर रहेपनि छिमेकीहरुले विहान अवेरमात्र घटनाको बारेमा जानकारी पाएका थिए । गाउँको सम्पन्न परिवारको रुपमा चिनिने मृतक थपलियाको तीन छोरा मध्ये माईला मदुसुदन थपलिया जापान र कान्छा गोपीकृष्ण थपलिया रोजगारीका लागि दक्षिण कोरियामा छन् । विष्णुप्रसादका दुईवुहारी र दुई नातीनातिना राजधानी बस्दै आएका छन् । स्थानीयवासीले एकै परिवारका तीन सदस्यको हत्या हुनुमा आर्थिक प्रलोभन हुन सक्ने अनुमान गरेका छन् । विहीवार अवेरमात्र प्रहरी घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय नुवाकोट, इलाका प्रहरी कार्यालय सिक्रे र ककनी प्रहरी चौकीका प्रहरीहरुले घटनाको अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक वालकृष्ण थापाले बताउनुभयो ।
स्थानीयबासिन्दाहरुले राजधानीबाट कुकुरसहितको अनुसन्धान टोली मगाई घटनाको अनुसन्धान गर्न र त्यसपछिमात्र शवको पोष्टमार्टम गर्न माग गरेपनि प्रहरीले तिन वटै शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूली ल्याउने तयारी गरिरहेको छ ।
No comments:
Post a Comment