Thursday, March 3, 2011

अन्तर्राष्ट्रिय उडान गर्ने निगमको जहाज ग्राउन्डेड

हिम नाथ दुवाडी
  फागुन १९ काठमाडौं। नेपाल वायुसेवा निगमको राष्ट्रिय ध्वजावहाक एउटा जहाजमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा ग्राउन्डेड भएको छ ।

एउटा जहाज ग्राउन्डेड भएपछि निगम एउटा मात्र जहाजवाट अन्तर्राष्ट्रिय उडान गर्न बाध्य भएको छ । जहाज ग्राउन्डेड भएपछि निगमका ५० प्रतिशत अन्तर्राष्ट्रिय उडान कटौती भएको छ । नियमित प्राविधिक जाँचका क्रममा जहाजमा समस्या देखिएको थियो । अव कम्तीमा २ साता जहाज उड्न नसक्ने निगमले जनाएको छ ।

जहाज मर्मत गर्न ४ लाख डलर लाग्ने र एउटा मात्र जहाजवाट अन्तर्राष्ट्रिय उडान गर्दा निगमले दैनिक करिव १ करोडको आम्दानी गुमाउने छ ।

 समान नेपालमा नभएले विदेशवाट ल्याएर मर्मत गर्नु पर्ने भएकोले केहि समय लाग्ने निगमको भनाइ छ ।

No comments:

Post a Comment