Thursday, March 17, 2011

सन्त नेता कृष्णप्रसाद भट्टराईको सम्झनामा शालिक निर्माण सुरु

 चैत ३ काठमाडौं।   सन्त नेता कृष्णप्रसाद भट्टराईको सम्झनामा स्वयम्भूस्थित भगवान् पाउ नजिकको चौरमा शालिक निर्माण सुरु गरिएको छ । नेपाली काँगेसका सभापति सुशील कोइरालाले सो शालिकको शिलान्यास गर्दै सन्त नेताको देश र जनताको सुख समृद्धिका लागि चिन्तित र प्रजातान्त्रिक आन्दोलनका योद्धा भएकाले शालिकले उहाँको निष्ठालाई प्रतिविम्बित गर्ने बताउनु भयो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सन्त नेताको मुलुकप्रतिको दूरगामी दृष्टिकोण र त्यागको आदर्श समाजका सबै पक्षमा अनुकरणीय रहेको बताउनु भयो । संसदीय दलका नेता रामचन्द्र पौडेलले सन्त नेता भट्टराईले समाजमा प्रजातान्त्रिक मूल्य र मान्यता स्थापनाका लागि जीवनभर क्रियाशील रहेर राष्ट्रलाई ठूलो योगदान पु¥याएको बताउनुभयो । 

नेपाल विद्यार्थी सङ्घका अध्यक्ष प्रदीप पौडेलले सन्त नेताले नेवि सङ्घको पहिलो अधिवेशन सोही स्थानमा उद्घाटन गरेकाले सो स्थानमा  सालिक बनाउन लागेको बताउनु भयो ।

No comments:

Post a Comment