चन्द्रश्वर बस्ताकोटी
चैत ५ मुस्ताङ। फागु पर्वको अवसरमा म्याग्दी जिल्ला जेसीजले शुभकामना आदानप्रदान गरि होली मनाएको छ । शनिबार विहान जेसीजका भुपु अध्यक्ष लगाएतका पदाधिकारीले परम्पारगत रुपमा विभिन्न रङ खेली मनाएको होली मनाएका हुन् ।
यस्तै नेपाल भाषा मंकाखल म्याग्दीले होली मनाएको छ । सदरमुकाम बेनीमा नेवारी,मगर,गुरूङ,थकाली, क्षत्री, विश्वकर्मा लगायतका जातजातीले हरु विच शुभकामना आदानप्रदान गरि होली मनाइएको मंकाखलका सदस्य सुविन श्रेष्ठले बताउनुभयो ।
बेनीबजारका साथै जिल्लाका विभिन्न क्षेत्रमा साथी साथी विच समुह बनाएर फागुपुर्णिमा मनाइएको छ ।
यसैगरी, होलीको अवसरमा गाँजा, नसालु पर्दाथको सेवन गरि होहल्ला गर्ने प्रबृत्ति लाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय म्याग्दीले सदरमुकाम बेनीका साथै आसपासका क्षेत्रमा मोबाइल गस्तीका साथै चोकचोकमा प्रहरी परिचालन गरेको छ ।
प्रहरी नायव उपरिक्षक नबराज भट्टका अनुसार बेनी,तातोपानी,बाबियाचौर,गलेश्वरका साथै सवै चौकी र इलाका प्रहरी कार्यालयमा जवरजस्ती रंग र लोला हान्ने समुहलाई नियन्त्रणमा लिन निर्देशन समेत दिइसकेको छ ।
No comments:
Post a Comment