Saturday, March 19, 2011

मधेसी मोर्चामा आबद्ध नेताहरू तथा भारतीय नेताहरुको भेटवार्ता जारी

 चैत ५ काठमाडौं। मधेसी मोर्चामा आबद्ध प्रमुख तीन दलका नेताले भारतीय नेताहरुसँगको भेटवार्तालाई शनिबार  पनि जारी राख्ने भएका छन् ।

भारत भ्रमणमा रहेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, तर्राई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुर र सदभावना अध्यक्ष राजेन्द्र महतोले  प्रधानमन्त्री मनमोहन सिंह, कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीलगायतसँग भेटवार्ताको तयारी गरेका हुन्।

बिपक्षी दलका नेता लालकृष्ण आडवाणी, लगायतका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सदभावना अध्यक्ष महतोले जानकारी दिनुभयो । भेटवार्ताको समय भने तय भइनसकेको बताइएको छ।

No comments:

Post a Comment