Saturday, March 19, 2011

यस्तो छ चिरिन्जीवीको गाउँको हालत







राजेन्द्र न्यौपाने चैत ५ गोरखा। 
भ्रष्टाचारको काण्डमा काठमाण्डौको जेलमा रहेका नेपाली काँगे्रसका नेता तथा पूर्वमन्त्री चिरिन्जीवी वाग्लेको गोरखाको वुङकोट –६ चाँपाबोटको घरमा गन्धे फुलेको छ भने आँगनमा सुप र गाँजा उम्रेको छ । पुरानो दुई तलाको दुई तिर ढोका भएको सामान्य घरको पिंडिमा निलो रंगको फरिया , पूरानो डसना,पिंध भत्केको ४ पाथे डाली र तोरी केही मुठी तोरी पोखीएको र छरपस्ट सामान छ ।आफ्नी फुपु वस्ने गरेको घरमा १६ गते पुसवाट घर छोडेर आफ्नै घर घ्याल्चोक लामिडाँडामा गएपछि वाग्लेको घर झन भताभुङ वनेको हो ।

४ घर वाग्ले परिवार र २ घर भुजेल परिवार भएको चाँपाबोट गाउँमा अहिले १ घर मात्र वाग्ले परिवारको घर छ। चिरन्जीवी वाग्लेको वावु पट्टीको दाई वताउने शिवराज वाग्लेले विहीवार वेलुका वाग्ले जेल परेको सुनाउनुभयो। वेलुकाको खाना खाने वेलामा रेडियोवाट समाचार सुनियो,पहिले त नरमाईलो लाग्यो,खान पनि मन लागेन ज्यादै दुःख लाग्यो वाग्लेकी वुङकोट स्थित गाउँमा वस्ने भाउजुले वताईन् । चिरन्जीवी वाग्लेले गाउँमा केही पनि विकास नगरेकोमा ती भाउजु आक्रोश व्यक्त गर्दछिन् । भन्नेले मन्त्रीगाउँ भन्ने गर्दछन् तर यस्तो हालत छ , पानी लिन  पल्लोपट्टी जंगलनीर कुवा छ, विजुली छैन, मोटरवाटो छैन मन्त्री गाउँको वेज्यत नै पारेको छ।

गोरखा जिल्लाका सवै ठाउँमा विजुली पुगे तर हामीलाई विजुली भनेको कुन चराको नाम हो थाहा छैन, त्यत्रो पढेको थियो, त्यती लामो समय सम्म मन्त्री भयो तर केही नी गरेन भाउनुले गुनासो पोखिन्  । वरु एसएलसी पास गरेकी पार्वती थापाले गाउँनै झलमल पारिन्, गाउँ गाउँमा मोटरवाटो पु¥याईन् , हाम्रो चिरिन्जीवीले केही गरेन ।

शुक्रवारको १२ वजे भात खाएर चुढ्न लागेका शिवराज वाग्लेकी श्रीमती चिरिन्जीवीको भाउजु मोटरवाटो भन्दा पनि विजुलीको ज्यादा चर्को परेको वताउनुहुन्छ । पानी लिन ५ मिनेट टाढा जंगल नजिक कुवामा लिन जानुपर्ने र पानीको धारा मात्र रहेको छ । सवैले मन्त्रीको गाउँ भन्दछन् नत विजुली, नत खानेपानी, नत मोटरवाटो लाजै मर्दो   भयो चिरिन्जीवीले त्यत्रो पैशा कमाएको भन्ने सुनियो तर गाउँको केही विकास गरेन ।

घर तल वेशीमा विजुली आईसक्यो, मोटरवाटो आईसक्यो तर यो गाउँ विजुली मुनिको अंध्यारो वनेको छ शिवरावले वताउनुभयो । ४ घर वाग्ले परिवार र २ घर भुजेल परिवार भएको चाँपावोटमा ३ घरमा ढोका लागेको छ भने ३ घरमा मात्र मानिसहरु रहेका छन् । वाग्ले परिवारको त १ घर मात्र छ त्यो पनि एक जना ७३ वर्षिय शिवराज र उहाँकी ५ दर्जन पुरा गरेकी श्रीमती ।

फिनाम गाविकको पंलेथोकवाट जिजुवुवा टीकानिधीको पालामा वसाँई सरी आएका यी वाग्ले परिवार सामान्य परिवारनै थिए । उहाँहरु ४ भाईको परिवारमा सवैको ५० हल धान फल्ने खेत नै हो । सम्पतीको नाममा यी नै हो । गाई, भैसी पाल्ने दुध मोही , चिसो हावापानी र रसिला वाग्ले परिवार संस्कृत पढ्ने र यजमान गर्ने मुख्य पेशा रहेको छ ।

चिरिन्जीको दाई शिवराज भन्नुहुन्छ पुरानो जुगको मान्छे हामी माओवादी नेता वावुराम भट्राईले गोरखलाई भवसागर विकास गरेको तर यो गाउँमा ढोड वालेर वस्नु पर्ने वाध्यता रहेको वताउनुहुन्छ । भाई चिरिन्जीवीले हालै गरेको विवाहमा निम्ता समेत नगरेको र विरामी भएको वेलामा १ पटक मात्र कालोपुलको घरमा गएको २ ओटा सुक्का रोटी खाई १ घन्टामानै फर्केको, आफुलाई राम्रो व्यवहार नगरेको चिरिन्जीवीको दाई शिवराजले गुनासो गर्नुभयो । भाई चिरिन्जीवी वाग्लेको वुद्धि छोटो भएर आजको यो स्थिति आएको वताउँदै शिवराज यस्ता नेपालमा धेरै रहेको र सवैलाई कारवाही गर्नुपर्ने वताउनुहुन्छ । गल्ती नगरेको भएर जेलमा थुनेको भए हाम्रो वडाको ३०० महिला लिई आन्दोलनमा जान्थे तर गल्ती गरेको सर्वोच्चलेनै फैसला गरेपछि के गर्ने हो चिरिन्जीवीको भाउजुले वताउनुभयो ।

माथिल्लो घरकी ८२ वर्षिय विधवा डिलमायाँ भुजेल पनि चिरिन्जीवीले खाली आफ्नै निम्ति मात्र गरेकोगाउँको केही विकास नगरेको र चाँडैनै विजुली वत्ती वाल्न गाउँ आएको सवैलाई भन्ने गरेको हामीलाईवताउनुभयो । यहाँका सवै वाग्ले साह्रै धनी होईनन् जम्मा ४ घर छ सवैका लगभग ५० मुरी आउने खेत छ, पहिलेको कालमा पैशा भन्दा टौवा नै सम्पती हो । यी वाग्ले परि वार चिसापानी खाए, जजमान गरे, छोराछोरी रानीपोखरी पाठशाला पढाए यस्तै हो वाग्ले परिवारको इतिहाँस । चिरिन्जीवी वाग्लेका वुँकोटमा रहेका ४ घरका परिवार हरुमा वृहस्पती, शिवराज र जीवन रहेका छन् । 

No comments:

Post a Comment