Saturday, March 19, 2011

हावाहुरीले दश लाखको क्षति

राजेन्द्र न्यौपाने
 चैत  ५ गोरखा । चार दिनदेखि आएको हावाहुरीले उत्तरी गोरखामा दशलाख भन्दा बढि क्षति भएको जानकारी भएको छ । केरौंजा गा.वि.स.को गण्डकी निम्न माध्यमिक विद्यालयको छाना र भवनक्षति ६ लाख र केरुजाकै रमाउने लघु जल विधुत आयोजनामा पचास हजारको क्षति भएको छ ।

त्यसै गरि सिर्दीवाश ९ सिदुड प्राविको छाना उढाउनाले पचास हजारको क्षति भएको छ । उहियाँ १ का भक्त विर घले र कितमाया गुरुडको घर उढाँउदा १ लाख असि हजार वरावर क्षति भएको विवरण जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

गुम्दा गाविसको लप्शीवोट,एमागाँउ,सिडला र उहियाँको गाविशको फोरला गाँउमा भएको क्षति विवरण वारे एक दुई दिनमा जानकारी आउने जिल्ला प्रहरी कार्यलयले वताएको छ । कार्यलयको अनुसार क्षतिको विवरण जनशक्तिको अभावको कारण तत्काल आउन नसकेको जनाएको छ । 

No comments:

Post a Comment