फागुन २६ काठमाडौं। भारतीय नक्कली नोट र लागु पदार्थको कारोवारमा संलग्न रहेको अभियोगमा केन्द्रीय कारागार सुन्धारामा रहेका युनुस अन्सारीलाई जेल भित्रै गोली हानिएको छ । अन्सारीलाई भेटन गएका एक व्यक्तिले करिब साढे ११ बजे जेल भित्रै रहेको भेटघाट पक्षमा गोली प्रहार भएको छ । अन्सारीको कम्मरमाथी गोली लागेको प्रहरीले जनाएको छ । ढाडमा गोली लागेका अन्सारीको नर्भिक अस्पताल थापाथलीमा उपचार भैरहेको छ । अन्सारीको अबस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
कैदी भेट्न भन्दै विहान करिव साढे ११ बजेतिर गएका भारतीय नागरिक जगजित सिंहले चेनगेटभित्र हात घुसाएर युनुसलाई गोली प्रहार गरेको प्रहरीले जनाएको छ । काठमाण्डौ प्रहरी प्रमुख पुष्कर कार्कीले गोली प्रहार गर्ने सिंहलाई हतियारसहित पक्राउ गरिएको जानकारी दिनुभयो । उनले १५ लाख रुपैयाँ दिएर आफुलाई युनुसलाई मार्न पठाएको प्रहरी समक्ष स्वीकारेका छन् ।
घटनालगतै प्रहरीले सुरक्षा जाँचमा संलग्न तीन जनालाई निलम्वन गरी एआइजी रवीन्द्रप्रताप शाहको नेतृत्वमा उच्चस्तरीय छानविन समिति गठन गरेको छ । अत्यन्तै कडा सुरक्षा रहेको त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा अन्तराष्ट्रिय अपराधी चाल्र्स सोभराजसहित ठूला अपराधीहरुलाई थुनिएको छ । अन्सारी नेशनल टेलिभिजनका कार्यकारी अध्यक्ष हुन ।
प्रहरीद्वारा उच्चस्तरीय छानबिन टोली गठन
भारतीय नक्कली नोट र लागु पदार्थको कारोवारमा संलग्न रहेको अभियोगमा केन्द्रीय कारागार सुन्धारामा रहेका नेशनल टेलिभिजनका कार्यकारी अध्यक्ष युनुश अन्सारीमाथि कारकारभित्रै गोली प्रहार गरेको घटनालाइ छानबिन गर्न प्रहरीले एआईजी रविन्द्रप्रताप शाहको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।
छानबिन समितिमा सशस्त्रका डीआईजी परशुराम खत्री र एसएसपी माधव जोसी सदस्य छन्।
No comments:
Post a Comment