Thursday, March 10, 2011

आज अन्तर्राष्ट्रिय मिग्रौला दिवस

 फागुन २६ काठमाडौं। अन्तर्राष्ट्रिय मिर्गौला दिवस नेपालमा पनि बिभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाईंदैछ । नेपालमा झण्डै अढाईलाख व्यक्ति मिर्गौला सम्बन्धी कुनै न कुनै किसिमको समस्याबाट पीडित रहेका राष्ट्रिय मिर्गौला उपचार केन्द्रले जनाएको छ ।

मिर्गौला रोग लाग्नबाट बच्न आफूलाई सक्रिय र तन्दुरुस्त राख्ने, रगतमा चिनीको मात्रा ठीक राख्ने, समयम समयमा जाँच गर्ने, स्वस्थ खाना खाने, धूमपान नगर्ने, प्रशस्त पानी पिउने जस्ता कुरामा ध्यान दिन चिकित्सकको सल्लाह छ ।

कुनै लक्षण बिना नै मिर्गौलामा समस्या हुने भएकाले समयमा समयमा पिसाब जाँच गराउनुपर्ने उनीहरुको भनाई छ । नेपालमा मिर्गौला रोगी धेरै भएपनि उपचार धेरैको पहुंचभन्दा बाहिर छ ।

No comments:

Post a Comment