Sunday, March 20, 2011

जलवायू परिवर्तन अनुकुलन सम्वन्धि तालिम सम्पन्न

देवकला कार्की
 चैत ६ धनकुटा।  जिल्ला भुसंरक्षण कार्यालय धनकुटाको आयोजनामा जलवायू परिवर्तन अनुकुलन सम्वन्धि ३ दिने तालिम  सम्पन्न भएको छ । माटो पानी जोगाउँ, हरीयाली वढाउँ भन्ने मुल नाराका साथ मौनावुधुकमा तालिम तालिम सम्पन्न भएको हो ।   

तालिममा वातावरणीय प्रभाव न्यूनीकरण र अनुकुलन, जलवायू परिवर्तन र असर, भू–क्षय र असर, भू–संरक्षणका प्रकार, आयमुलक कार्यक्रमको महत्व र आवश्यकता,तथा लेखा परिक्षणका प्रकृया र प्रकारका विषयमा छलफल भएको थियो ।  
डाँडावजार, राजारानी, मौनावुधुक, खुवाफोक र वोधे गाविसमा कार्यरत कर्मचारी तथा खानेपानी उपभोक्ता समूहका प्रतिनिधि गरी १६ जनाको सहभागिता रहेको थियो । तालिमको सहजिकरण भूसंरक्षण कार्यालय धनकुटाका युनुस राइन, रामानन्द भट्टराई, द्रौपती सुवेदी र लावन्यप्रसाद पोख्रेलले गर्नु भएको थियो । 

No comments:

Post a Comment