Monday, March 14, 2011

दलहरु विच विश्वासिलो सहमति र एकता विना संविधान बन्न नसक्ने

 फागुन २९ स्याङ्जा। भौतिक योजना तथा निर्माण मन्त्री टोपबहादुर रायमाझीले दलहरु विच विश्वासिलो सहमति र एकता विना संविधान बन्न नसक्ने बताए । उनले भने, आपसी अविश्वासका कारण संविधान निर्माण प्रकृया अन्योलमा परेको छ । मन्त्री रायमझीले प्रमुख राजनीतिक दलहरु विचमा सहमति जुट्न नसकेको स्पष्ट पार्दै, सहमति भएमा एक महिना भित्रमा जन जनचाहना अनुसारको संविधान बन्ने जिकिरगरे । उनले अगाडी थपे, दलहरु बिच सहमति नभएमा कहिल्यै सम्बिधान निर्माण
हुन सक्दैन् ।

स्याङ्जाको २० औं जिल्ला परिषद्को उद्घाटन गर्दै मन्त्री रायमाझीले अहिलेको सरकार राष्ट्रिय सहमतिको सरकार भएको दावी गरे । उनले, माओबादी, काग्रेस र एमालेले चाहे अनुसार संबिधान नबनी ठोकुवा गर्दै जनादेश र शक्ति सन्तुलनको आधारमा संविधान बन्ने मन्त्रीको विश्वास थियो ।

एकिकृत माआबादीका स्थायी समिति सदस्य समेत रहेको मन्त्रि रायमाझीले आफ्ना स्वार्थ भन्दापनि संबिधान निर्माण र शान्ति स्थापनाको लागि दलहरु एक जुट हुनुपर्नेमा जोड दिए । श्रम तथा यातायात मन्त्रिको समेत जिम्मेवारी पाउनु भएका रायमाझीले सात बुँदे सहमतिलाई सबै दलले स्वीकार गरेर अगाडी बढ्नु पर्ने बताए ।

परिषदका उद्घाटन गर्दै मन्त्रि रायमाझीले सबै कर्मचारीलाई उत्कृष्ट काम गरेर नमुना बन्न निर्देशन दिए । मन्त्रि रायमाझीले जल, जमिन, जडिबुडी र जनसक्तीलाई राम्रो सगँ परिचालन गर्न सकेमा आर्थिक बिकासका लागि टेवा पुग्ने बताए ।



No comments:

Post a Comment