कुल तामाङग फागुन २९ नुवाकोट ।
चतुराले गाविसको चन्द्रावती महिला बाख्रा पालन समुहले आफ्ना सदस्यहरुलाई जिल्ला पशु सेवा कार्यालयको सहयोगमा आयआर्जनको लागी बाख्राप्रदान गरेको छ । आज चतुरालेमा आयोजित कार्यक्रममा समुहका १२ जनासदस्यलाई २० वटा बाख्रा र २ वटा बोका प्रदान गरेका हुन् । पिछडिएका, आर्थिक अबस्थाकमजोर भएका महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउने उद्देश्यले बाख्रा प्रदान गरिएको जिल्ला पशु सेवा कार्यालय नुवाकोटका प्रमुख हरेराम केसीले बताउनुभयो । बाख्रो पैचो कार्यक्रममा ब्राम्हयणी निमाविका प्रधानाध्यापकनवराज पाठक, पशुसेवा केन्द्र रानीपौवाका बाबुकाजी पाण्डे, भद्रकाली बाख्रा पालन समुहकीसचिव भगवती पाठक, मनकामना बाख्रा पालन समुहकी विनिता लामिछाने, देउराली महाकालीप्राविका प्रधानाध्यापक शेषमान लामा, सरस्वती बोगटी लगायतले मन्तव्य राख्नुभएको थियो।
No comments:
Post a Comment