राजेन्द्र न्यौपाने
फागुन २९ गोरखा। एकीकृत नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष डा. भट्टराई आफू भीमसेन थापा बन्न तयार रहेको बताउनुभएको छ । संविधानसभा निर्वाचनमा देशभरीबाट सबैभन्दा धेरै मत ल्याई गोरखा जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट विजयी हुनु भएका भट्टराईले जनताको माग अनुसार आफु प्रत्येक महिना गोरखा आउने बचन अनुसार ३५ महिनामा ३७ पटक गोरखा आएको उहाँले बताउनुभयो । आफू गोरखा आउनु कसैले अपराध सम्झेको भए आफू हजारौं चोटी अपराध गर्न तयार रहेको बताउनुभयो ।
चौंथो जिल्ला परिषदको लागि प्रमुख अतिथिको रुपमा नारायणकाजी श्रेष्ठलाई ल्याउने माओवादीको माग भएपनि सबैका साझा नेता हुनुपर्ने भन्दै जिल्लामा रहेका दलहरुले बाबुराम भट्टराईलाई अतिथिको रुपमा बोलाएका थिए ।
अँध्यारो र कालो कोठामा बसेर गरिव जनताका विरुद्ध लाग्नेहरुलाई आफुले नछाड्ने बताउँदै गरिव जनताको हितका लागि भीमसेन थापा बन्न तयार रहेको उहाँले बताउनुभयो । कसैले पनि जनताको विरुद्धमा दम्भ नदेखाउन आग्रह गर्दै दम्भले राणा र ज्ञानेन्द्र शाहको हालतमा पु¥याउने तितो इतिहास बताउँदै भविष्यवाणी समेत गर्नुभयो ।आफू सबैका साझा नेता भएकोले गोरखाको मात्र नभै देशभरीको विकासको चिन्ता रहेको उहाँको भनाई थियो ।
नेता भट्टराईलाई अहिलेको मुख्य काम शान्ति र संविधान नै भएको बताउनुभयो । यसै वीच जिल्ला ८६ प्रतिशत किसान रहेको देशमा कृषिको विकासको लागि एक प्रतिशत मात्र बजेट विनियोजन गर्नु गरिवीको पक्षमा नरहेको बताउनुभयो ।
नेपालकै चौंथो ठूलो जिल्लाको चौंथो जिल्ला परिषदले कृषि क्षेत्रको विकासका लागि एक प्रतिशत रकम विनियोजन गरेको छ ।
कृषिमा व्यवसायीकरण, पर्यटन र पूर्वाधारको विस्तार, समतमुलक र समुन्नत समाज, विकासको मुल आधार भन्ने नारा सहित भएको आर्थिक वर्ष ०६८, ०६९ का लागि बजेट नीति तथा कार्यक्रमबाट कुल एक अरब ८५ करोड, २९ लाख १२ हजार रुपियाँ पारित गरिएको छ ।
विश्वमा पाँच हजार बर्षका इतिहासमा सात हप्तामात्र शान्तिको हप्ता भएको भन्दै अन्य हप्ता अधिकार प्राप्तिका लागि आन्दोलन, युद्ध र क्रान्तिमा समय बितेको बताउँदै क्रान्ति नियमित समाज विकासको प्रक्रिया भएको बताउनुभयो । शान्ति र जनसंविधान नबने जनविद्रोह निर्विकल्प भएको बताउनुभयो ।
ठूलो जिल्लाको भएपनि विकासका बजेट न्यून रहेको बताउनुभयो ।स्थानीय विकास अधिकारी तिलक पौडेलले पेश गर्नुभएका बजेट मध्ये पूर्वाधार र संरचना विकास समितिमा ३९ प्रतिशत,जनसंख्या तथा सामाजिक समिति अन्तरगत २५.५२प्रतिशत,कृषि वन तथा वातावरण समिति अन्तरगत १.२५ प्रतिशत, भूमि तथा जलस्रोत समिति अन्तरगत १४.९८ र संगठन तथा प्रशासन समिति अन्तरगत १९.२५ प्रतिशत रहेको छ ।
गोरखा जिल्लाका स्थानीय विकास अधिकारी तिलक पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सभासदहरु अमर तमु, परशुराम रम्तेल,पार्वती थापा, जीवनप्रेम श्रेष्ठ,एमाले नेता रामशरण बस्नेत, काँग्रेस नेता हरी बहादुर घले, उर्जा मन्त्रालयक सचिव शितल रेग्मी लगायतले मन्तव्य राख्नुभएको थियो । साथै उनीहरुले गोरखा जिल्लाको मात्र नभै नयाँ नेपाल निर्माणको नेता बाबुराम भट्टराईलाई बनाउनुपर्ने माग समेत राखेका थिए ।
कार्यक्रम नेकपा एमालेका गोरखा जिल्ला उपाध्यक्ष विशेश्वर कट्टेलले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा गाउँ गाउँबाट हजारौं मानिसहरुको सहभागिता रहेको थियो । जिल्ला परिषदको सभाहलमा भएको उक्त कार्यक्रम एक महिना लगायएर तयार गरी आज सार्वजनिक गरिएको हो ।

No comments:
Post a Comment