कूल तामाङ्
चैत ८ काठमाडौं । भावी संविधान अपाङ्ग मैत्री बनाउन दबाब दिन एवम् आफ्नो विधान संशोधन गर्न राष्ट्रिय अपाङ्ग महासङ्घको १२ औं साधारणसभा आजदेखि कीर्तिपुरमा सुरु भएको छ । दुई दिन सम्म चल्ने सम्मेलनमा ७४ जिल्लाका करिब ५०० अपाङ्गले भाग लिइराखेका छन् ।
सम्मेलनमा नेपालले अनुमोदन गरेको अपाङ्ग अधिकारसम्बन्धी महासन्धिलाई कसरी अन्तरीकरण गर्ने भन्ने विषयमा छलफल हुनेछ । अपाङ्ग अधिकारका लागि गरिनुपर्ने कामका बारेमा कीर्तिपुर घोषणापत्र जारी गरिने महासङ्घले जनाएको छ ।
महासङ्घका अध्यक्ष वीरेन्द्रराज पोखरेलले सम्मेलन उद्घाटन गर्दै भावी संविधान अपाङ्गमैत्री हुनुपर्ने र यसका लागि महासङ्घले दिएका सुझावलाई ध्यान दिन आग्रह गर्नुभयो ।
एकीकृत नेकपा (माओवादी)का पोलिटब्युरो सदस्य नवराज सुवेदीले राज्यका नीति निर्माण तहदेखि अपाङ्ग सहभागिताका लागि राज्यले आरक्षण नीति बनाउन आवश्यक भएको बताउनुभयो ।
महासङ्घका महासचिव सञ्जय वान्तवाले महासङ्घले अपाङ्ग अधिकारका लागि विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएको बताउनुभयो ।

No comments:
Post a Comment