Tuesday, March 22, 2011

मुस्ताङमा करिब २७ करोड ५५ लाखको सुकुटीमासु उत्पादन

चन्द्रश्वर बस्ताकोटी
 चैत ८ मुस्ताङ।पशु पालनमा अगाडी रहेको हिमाली जिल्ला मुस्ताङका किसानले २०६७ सालमा करिब २७ करोड ५५ लाख ८८ हजार २ सय पचास रुपैया बराबरको स्वादिष्ट मानीने हिमाली भेडाच्याग्रा र याकको सुकुटी उत्पादन गरेकोे जिल्ला पशुसेवा कार्यालय मुस्ताङले जनाएको छ ।

उपयुक्त बातावरण हिउदको चिसो मौसममा लाग्ने हावाबा सुकाइने स्वादिष्ट सुकुटीका कारण माग बढेको बताउदै याकको सुकुटी ३ हजार ४ सय ८० केजी सुकुटी करिव ८७ लाखको सुकुटी उत्पादन भएको जिल्लापशु सेवा कार्यालय मुस्ताङका कार्यालय प्रमुख डा गुरु प्रसाद खकुरालले बताउनु भयो ।

भेडाच्यांग्राको हाड सहितको र फलमासुको गरि  ९३ हजार ६ सय  ४५ केजी सुकुटीमासु करिब २६ करोड ६८ लाख ८८ हजार २ सय ५० रुपैया बराबरको सुकुटी उत्पादन गरिएको कार्यालय प्रमुख डा खकुरालले बताउनु भयो ।

No comments:

Post a Comment