चन्द्रश्वर बस्ताकोटी
फागुन १९ मुस्ताङ ।
जिल्लाका बिभिन्न कार्यालयको जिल्ला बिकास समिति मुस्ताङमा एकिकृत योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । गाबिस स्तरको योजना तर्जुमा, इलाका स्तरको योजना तर्जुमा र बिषयगत समितिको योजना तजुमा गोष्ठीहरु गत मसिर मसान्तसम्म सम्पन्न गरि बिहिवार एकिकृत योजना तर्जुमा गोष्ठी गरिएको हो । विभिन्न शिर्षकमा प्रस्ताबित बजेट बाँडफाँड र नयाँ योजनाका लागी प्रस्ताब गदै एकिकृत योजना तर्जुमा गाष्ठी सम्पन्न भएको हो । भौतिक पुर्वाधार समिति अन्र्तगत जिल्ला बिकास समिति मुस्ताङले आथीक बर्ष २०६८/६९ का लागि बिभिन्न २५ शिर्षकमा केन्द्रबाट प्राप्तहुने प्रस्ताबित आय ४५ करोड ४६ लाख ९० हजार, आन्तरिक श्रोततर्फबाट प्राप्तहुने प्रस्ताबित आय ३७ लाख ३८ हजार ५ सय र राजश्व बाडफाडबाट प्राप्त हुने प्रस्ताबित आय २ करोड ९७ लाख ५ हजार गरि कुल ४८ करोड ८१ लाख ३३ हजार ५ सयको बजेट प्रस्ताब गरेको स्थानिय बिकास अधिकारी श्यामराज अधिकारीले बताउनु भयो । केहि बिषयहरुमा राजनितिक दल र सभाषदहरुसग अझ छलफल गरि निचोडमा पुगिने उहाले बताउनु भयो । यस मध्य सबै भन्दा बढि रकम ग्रामीण पुन निमार्ण तथा पुनस्थापना आयोजनाको पुजीगत २८ करोड ६० लाख र चालु तर्फ ४४ लाख ५० हजार रहेको छ, स्वास्थ्य तथा सामाजिक समिति अन्तगर्त आर्थीक बर्ष २०६८/६९ का लागि जिल्ला शिक्षा कार्यालय मुस्ताङले १६ करोड ५७ लाख ४७ हजार ९सय ४० को बजेट प्रस्ताब गरेको छ । जसमा भौतिक सुबिधा बिस्तारका लागि ७५ लाख ६५ हजार छुट्याउने प्रस्ताब गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले ७ करोड ६८ लाख ६ हजारको बजेट प्रस्ताब गरेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मुस्ताङले ३०लाख ३३ हजार द्द सय ५०, र महिला बिकास कार्यालय मुस्ताङले ५४ लाख ४३ हजारको बजेट प्रस्ताब गरेको छ । उद्योग बन तथा वाताबरण समिति मध्ये अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमले कार्यक्रम तर्फ १ करोड ८१ ह्जार १ सय १६, प्रशासनिक तर्फ १०लाख ५ हजार ५ सय, र पुजिगत तर्फ १लाख गरि कुल १करोड ६२ लाख ७७ हजार ९ सय ४८ को बजेट प्रस्ताब गरेको छ । अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय लोमन्थाङले सम्पुर्ण कार्यक्रमको कुल बजेट ७८ लाख ३७ हजार ७ सय १५ प्रस्ताब गरेको छ । यसै गरि जिल्ला भु संरक्षण कार्यालय मुस्ताङले १ करोड १२लाख १ हजारको बजेट प्रस्ताब गरेको छ । कृषि समिति अन्र्तगतको जिल्ला कृषि बिकास कार्यालय मुस्ताङले उपभोग बजेट ६० लाख कार्यालय संचालन बजेट १० लाख २५ हजार कार्याक्रम बजेट ५० लाख, पुजिगत १६ लाख गरि कुल १ करोड ३७ लाख १५ हजार प्रस्ताब गरेको छ । केन्द्रिय स्तरका कार्यक्रम अन्र्तगत खाद्य सकंट सम्वोधन तर्फ ५० लाख ५० हजार, सहकारी खेति साना सिचाई तथा मलबिउ ठुवानी अन्र्तगत ४लाख र एकिकृत जल तथा बाली ब्यबस्थापन कार्यक्रम अन्तरगत १० लाख रहेको बरिष्ठ कृषिबिकास अधिकृत मेधनाथ तिमील्सिनाले बताउनु भयो । जिल्ला पसु सेवा कार्यालयले चालु २६ लाख १५ हजार रहेको जानकारी दिदै पुजिगत ३ लाख २५ हजार कार्यक्रम २९ लाख ४० हजार र कार्यालय सचालन ७४ लाख ९० हजार गरि १ करोड ४ लाख ३० हजार बजेट प्रस्ताब गरेको छ । सितोष्ण बाग बानी बिकास केन्द्र मार्फाले १ करोड ८९ लाख ९ हजारको बजेट प्रस्ताब गरेको छ । खाद्य सस्थान शाखाकार्यालय जोमसोम ले १ हजार क्विन्टल चामल र लोमन्थाङ उप शाखाले ५ सय क्विन्टल चामल गरि १५ सय
क्विन्टल चामल बितरण गर्ने प्रस्ताब गरेको छ । कृषि बिकास बैक लिमीटेड मुस्ताङले कर्जा लगानी, सावा असुली ब्याज असुली, बाकी कर्जा को प्रस्ताब पेश गरेको छ ।

गैर सरकारी सस्थामध्ये नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मुस्ताङ, मुस्ताङ कल्याणकारी सघ र पाइला नेपालले पनि आफ्नो बजेट प्रस्ताब पेश गरेका थिए । केहि कार्यालयले भने बजेट प्रस्ताब आज प्रस्तुत नगरे पनि जिल्ला बिकास समिति मुस्ताङको आगामी २७ गते हुन गै रहेको जिल्ला परिषद अगाबै बजेट प्रस्ताब बुझाउने छन ।
No comments:
Post a Comment