फागुन ३० काठमाडौं। पूर्व प्रधानमन्त्री एवं राष्ट्रिय जनशाक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा साताव्यापी भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किनु भएको छ ।
भारतमा रहँदा उहाले प्रधानमन्त्री मनमोहन सिंह, काँग्रेस पार्टी अध्यक्ष सोनिया गान्धी, भारतीय जनता पार्टी अध्यक्ष लालकृष्ण आडवाणी, विदेश मन्त्री, अर्थमन्त्रीलगायतका भारतीय नेताहरुसँग छलफल गरेका गर्नु भएको थियो ।
भारतीय नेताहरुले नेपालको राजनीतिक स्थायित्व,शान्तिप्रकृया र संविधान निर्माणका विषयमा चासो देखाएको उहाले बताउनुभयो । 'एनेकपा (माओवादी)को समर्थनमा झलनाथ खनाल नेतृत्वको सरकार गठन हुनु गार्हो कुरा हैन',थापाले भन्नुभयो।
राजतन्त्रको विषयमा भारतमा कुनै पनि छलफल नभएको उहाको भनाइ छ ।

No comments:
Post a Comment