Sunday, March 6, 2011

सोलुको बिकासको लागि पहल गर्ने भटराईको आश्वासन

 फागुन २२ सोलुखुम्बु। एकीकृत नेकपा माओबादीका उपाध्यक्ष डा. बाबुराम भटराईले बिकासको दृष्टिकोणले अत्यन्तै सम्भावना भए पनि सोलुखुम्बु विकास नभएको भन्दै भएकोले यसतर्फ राज्यको ध्यान जानुपर्ने बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघ सोलुखुम्बुले सल्लेरीमा आइतबार गरेको पत्रकार भेटघाट कार्यक्रममा भटराईले भन्नुभयो “सोलुखुम्बुमा विकासको प्रशस्तै सम्भावना छ, तर राज्यको ध्यान केन्द्रमा मात्रै केन्द्रित छ ।” सोलुखुम्बुको विकासका लागि आफूले सक्दो प्रयास गर्ने आश्वासन दिँदै भट्टराईले पर्यटन विकासमा जोड दिन सबैलाई आग्रह  गर्नुभयो । 

उहाँले जिल्लाका राजनीतिक दलहरु पनि स्पष्ट दृष्टिकोणका साथ अघि बढ्नु पर्ने आवश्यक्तासमेत औल्याउनुभयो ।

No comments:

Post a Comment