Friday, March 4, 2011

भट्टराईको स्वास्थ्य अवस्था अत्यन्त चिन्ताजनक

 फागुन २० काठमाडौं। सन्तनेता कृष्णप्रसाद भट्टराईको स्वास्थ्य अवस्था अत्यन्त चिन्ताजनक रहेको छ ।थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहनुभएका पूर्वप्रधानमन्त्री भट्टराईको उपचारमा संलग्न डा भरत राउतका अनुसार उहाँलाई अहिले सघन उपचारकक्षमा एक्सटर्नल भ्यान्टिलेटर सपोर्ट सिस्टममा राखी उपचार गरिराखिएको छ ।

शरीरको पाचन प्रणालीले काम गर्न छाडिसकेको छ र उहाँलाई अ_िक्सजन दिएर राखिएको छ डा राउतले भन्नुभयो "पिसाब गर्ने अवस्था एकदम कम छ । यही पिसाबको मात्रालाई हेरेर औषधि चलाइएको र सो औषधिले काम गरे÷नगरेको हेर्न ४८ घन्टा कुर्नुपर्छ ।"

नेपाली काँग्रेसका एकमात्र जीवित संस्थापक भट्टराईको स्वास्थ्यस्थितिबारे जानकारी लिन आज बिहान एकीकृत नेकपा माओवादी का अध्यक्ष पुष्पकमल दाहाल तथा उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराई आज बिहान नर्भिक अस्पताल जानुभएको थियो ।

अहिले अस्पतालपरिसरभित्र नेता कार्यकर्ता शुभेच्छुकलगायत साचारकर्मीको ठूलो सङ्ख्यामा उपस्थिति छ । फागुन १ देखि मुटु फोक्सो र श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित हुनुभएपछि ८७ वर्षीय भट्टराईलाई सो अस्पतालमा भर्ना गराई उपचार गरिएको हो ।

No comments:

Post a Comment