Sunday, February 13, 2011

माओवादी जनविद्रोहको अन्तिम तयारीमा:प्रचण्ड


फागुन १ रोल्पा ।
 एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी जनविद्रोहको अन्तिम तयारीमा रहेको बताउनु भएको छ । अन्तिम प्रक्रियामा पुगेको शान्ति प्रक्रिया र संविधान लेखनमा अवरोध भए जनविद्रोह गर्नुको विकल्प नहुने उहाँको भनाई छ ।

१६ औं जनयुद्ध दिवसको अवसरमा माओवादीले आधार इलाका बताउने रोल्पाको थवाङमा आयोजित जनसभालाइ सम्बोधन गर्दै प्रचण्डले जनविद्रोहले सबैखाले सामन्तवादको अन्त्य गरी वास्तविक जनताको सत्ता स्थापना गर्ने बताउनुभयो । वास्तविक अर्थमा राष्ट्र र जनतालाई स्वाधिन नबनाएसम्म तथा नेपाली जनता स्वतन्त्र र मुक्त नभएसम्म माओवादी लडिरहने उहाँको भनाई थियो ।
जनयुद्धको क्रममा रोल्पा लगायत सबै जिल्लाका जनताको त्याग र बलिदानलाई सँधै सम्मान गर्ने भन्दै उहाँले जनता जागिसकेपछि कागजी बाघको रुपमा रहेको सामन्तवाद ढल्ने निश्चित भएको बताउनुभयो ।
त्यसैगरी प्रचण्डले अर्को एक प्रसङ्गमा माओवादी सरकारमा जाने बताउनुभयो । देशलाई भाडेर आफ्नो प्रभुत्व कायम गर्न खोज्ने बिरुद्ध एक हुन सन्देश दिन आफुहरु थबाङको अध्यक्ष प्रचण्डले भनाई थियो । उहाँले राष्ट्रियता, सार्बभौमसत्ता र जनता माथी कुथराघात गर्ने बिरुद्ध एक हुन सबैलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा स्थायी समिति सदस्य नेत्रविक्रम चन्द विप्लवले समान्तवादको अगाडी नझुक्ने बरु बलिदानी दिने बताउनुभयो । यसैगरी जनमुक्ति सेना नेपालका प्रमुख नन्दकिशोर पुन पाशाङले काठमाडौंमा राजनीतिक भुठभेड जारी रहेकोले जनयुद्ध र राजनीतिक क्रान्ति जारी रहेको
बताउनुभयो ।

No comments:

Post a Comment