Thursday, February 17, 2011

एमाले स्थायी समितिको बैठक जारी

 फागुन ५ काठमाडौं।  मन्त्रिमण्डल विस्तार र यसअघि एकीकृत माओवादीसँग भएको ७ बुँदे सम्झौताको बारेमा छलफल गर्न सुरु नेकपा एमालेको स्थायी कमिटिको बैठक जारी छ । पार्टि कार्यालय बल्खुमा जारी बैठकमा माओवादीसँगको सम्झौता र सरकारमा पठाउने थप मन्त्रीको बारेमा छलफल भइरहेको छ ।

बैठकमा माओवादीसँग प्रधानमन्त्री झलनाथ खनालले गरेको सहमतिको बारेमा नेता माधव नेपाल र केपी ओली पक्षका नेताले बिरोध जनाएको बताइएको छ । स्रोतका अनुसार सातबुँदे सहमतिको पुनव्र्याख्या गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् । बैठकपछि माओवादीसँग भएको सहमति र मन्त्रालय भागबण्डाका बारेमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने एमाले सचिव युवराज ज्ञवालीले जानकारी दिनुभयो ।

यसैबीच सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाउन एकीकृत माओवादीको स्थायी समितिको बैठक  पनि बस्दै छ । दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने माओवादीले जनाएको छ ।

सात बुँदे सहमति र मन्त्रालयका बारेमा एमालेले गर्ने निर्णयका आधारमा माओवादीले निर्णय गर्ने बताइएको छ । 

No comments:

Post a Comment