Thursday, February 17, 2011

प्याराग्लाईडिङ् पाईलटलाई दोसल्ला ओढाई सम्मान

जानकी चन्द
 फागुन ५ डडेल्धुरा।  जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सफल प्याराग्लाईडिङ् उडान गर्नु हुने पाईलटहरुलाई दोसल्ला, प्रमाण पत्र तथा प्रतिव्यक्ति १५ हजार नगदसहित सम्मान गरेको छ एक औपचारिक कार्यक्रम गरि भारतीय पाईलट धरम चन्द र पन्नालाललाई सम्मान गरेको हो । त्यस्तै प्याराग्लाईडिङ्को लागि आवश्यक सहयोग गर्नुहुने श्यामराज भट्ट र रमेश भट्टलाई पनि प्रमाणपत्र प्रदान गरि सम्मान गरेको छ ।

कार्यक्रममा बोल्नुहुदै प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछानेले डडेल्धुरा जिल्लालाई पर्यटकिय क्षेत्र घोषणा गर्न सबैले  आ–आफ्नो क्षेत्रबाट लाग्न आग्रह समेत गर्नुभएको थियो । दश दिन पहिले डडेल्धुरा पुगेका नैनीतालका प्याराग्लाईडिङ् उडान टिमले सुदुर पश्चिमको विभिन्न ठाउँ परिक्षण गरेको थियो ।

सम्भावित ठाउ परिक्षण गर्दा डडेल्धुराको बुढी घटाल र घटालको डाँडा, बैतडीको पाटन पौडी डाँडा र डोटीको सिलगढीलाई छनौट गरिएको टिम सहयोगी श्यामराज भट्टले बताउनु भएको छ ।

No comments:

Post a Comment