Thursday, February 17, 2011

मगर समुदायको स्थानीय पर्व फागुने घरघरमा मनाइदै

खेमराज गाउँले
फागुन ५ रोल्पा। फागुने पर्व आज रोल्पा जिल्लाको कालाशेष क्षेत्र आसपास बस्ने मगर समुदायको घरघरमा मनाइदैछ । परापूर्व कालदेखि स्थानीय स्तरमा मनाइदै आएको यो पर्व हरेक बर्ष फागुन ५ गते मनाइन्छ ।

फागुन ४ गते घर लिपपोत गरी चोखाइन्छ र भोलिपल्ट पितृलाई चराइन्छ अनि परिवारबीच बाँडेर खाइन्छ । साँझ पख गाउँभरीका चेलीबेटी घरमा जम्मा ज्योमारे गाउँने चलन छ । ज्योमारे फागनु ५ गते आजदेखि शुरु गरी महिनाभरी खेलिन्छ । चेलीबेटीले मात्र खेल्ने ज्योमारे फागनु महिनाको अन्तिम दिन फूल उडाएर विसर्जन गरिन्छ ।

ज्योमारे गीत र नृत्यमा मगर समुदायमा गरीने विवाह विधिको पूर्व शास्त्रीय रुप पाउन सकिने जनविश्वास छ । तर १० बर्ष द्वन्द्वसंगै ज्यामारे गाउन छाडको स्थानीयबासीन्दाले बताउँछन् ।

No comments:

Post a Comment