राजेन्द्र न्यौपाने फागुन ३ गोरखा ।
गोरखा जिल्लाको तान्द्राङ गाउँ विकास समिति टारीफाँटमा आज दिउँसो परेको चट्याङबाट सोही गाउँ निवासी ५३ वर्षिय सुकमान परियारको मृत्यु भएको छ । चट्याङले हानेपछि उपचारका लागि आरुघाट लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गोरखाले बताएको छ ।
चट्याङबाट गोठमा रहेको एउटा गोरु समेत मरेको छ भने एक जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । यसैगरी जिल्लाको वारपाक मान्द्रेमा चट्याङ पर्दा स्थानीय धन कुमारी गुरुङ, लालकुमारी गुरुङ, र सूचना गुरुङ, घाइते हुनुभएको स्थानीय शिक्षक डिल्लीराम दवाडीले बताउनुभयो ।

No comments:
Post a Comment