किरण राई फागुन ३ धनकुटा ।
नेकपा माओवादीका केन्द्रिय प्रवक्ता भरत दाहालले संसदवादी दलहरु सत्ताको लोलुप्तामा फसेको बताउँनुभएको छ । संविधानसभा र संसदवादको भ्रमजालमा नपरौ, पुर्ण मुक्तिका लागि बर्ग संघर्षलाई संगठित गरौ भन्ने मुलनारा सहित धनकुटाको चुवाबोटमा आयोजित कार्यक्रममा बोल्नुहुदै केन्द्रिय प्रवक्ता दाहालले संसदवादी दलहरु सत्ता लोलुप्तामा फसेको बताउँनु हुदै तोकिएको समयमा संविधान बन्न नसक्ने बताउँनुभयो । मेची महाकाली जनजागरण अभियान अन्तरगत आज धनकुटामा आयोजित कार्यक्रममा नेकपा माओवादी युद्धको पक्षमा कहिले पनि नभएको बताउँनुहुदै प्रवक्ता दाहालले नेपाली जनताको पुर्ण अधिकार सहित दिगो शान्ति स्थापनाको लागि लडेको बताउनुभयो । संसदवादी दलहरु विदेशी इशारामा चलखेल गरेको आरोप लगाउँदै प्रबक्ता दाहालले नेकपा माओवादीले त्यसको भण्डाफोर गर्ने बताउँनुभयो ।

No comments:
Post a Comment