Monday, February 14, 2011

ठूला दलका कारण देशमा स्थायी शान्ति कायम नभएकोः डा. लोहनी

कुल तामाङ फागुन २ नुवाकोट ।
राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले ठूला दलका कारण देशमा स्थायी शान्ति कायम हुन नसकेको बताउनुभएको छ ।  उहाँले ठूला दलको सत्ता प्राप्तिको खेलमा नेपाली जनता अलमलिन बाध्य हुनु परेको बताउनुभयो । सिद्धिगणेश प्राथमिक विद्यालय थानसिङको तीन कोठे भवनको शिल्यान्यास गर्दै डा. लोहनीले दलहरु मुख्य समस्यालाई पन्छाएर सत्ता प्राप्तीको खेलमा लाग्दा गतिरोध कायमै रहेको बताउनुभयो ।

उहाँले एमाले र माओवादीले गरेको सात वुँदे सम्झौता त्रुटिपूर्ण भएको बताउँदै उहाँले यथास्थितिमा तोकिएकै समयमा नयाँ संविधान जारी नहुने बताउनुभयो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विमल थापाको सभापतित्वमा सम्पन्न भवन शिल्यान्यास कार्यक्रममा एकीकृत नेकपा माओवादीका धनेन्द्रबहादुर थापा, नेपाली कांग्रेसका विनोद पाठक, नेकपा एमालेका रामबहादुर ओझा जनशक्ति पार्टीका नरबहादुर भण्डारीलगायतले मन्तव्य राख्नुभएको थियो । ५ लाख ५० हजार रुपैयाँको लागतमा भवन निर्माण हुन लागेको बताइएको छ ।

No comments:

Post a Comment