Wednesday, March 23, 2011

सिर्दीवासमा जन जागरण अभियान

चैत ९ गोरखा। एकीकृत माओवादीको जन जागरण अभियान सिर्दीवासमा पुगेको छ । सो अभियानमा एकीकृत माओवादीका तमुवान राज्य समिति सचिवालय सदस्य लेख वहादुर थापा जीवन्त, तमुवान राज्य समिति सदस्य छम वहादुर तमु, एकीकृत माओवादी तमुवान राज्य समिति सदस्य तथा १३ नं ईन्चार्ज प्रदिप लगायतको उपस्थिति रहेको थियो।

सो अभियानले सिद्धिवासमा एकीकृत माओवादीको विष्णु गुरुङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । यस्तै संयुक्त क्रान्तिकारी जनपरिषद सिद्धिवासको संयोजकमा रामकुमार गुरुङ, सचिवमा सुजन गुरुङ, कोषाध्यक्षमा लक्ष्मी गुरुङ लगायत हुनुहुन्छ ।

No comments:

Post a Comment