Sunday, March 6, 2011

सुटिङ स्थल बन्दै मुस्ताङ

चन्द्रश्वर बस्ताकोटी
  फागुन २२ मुस्ताङ । हिमाली जिल्ला मुस्ताङ पछिल्लो समय फिल्म तथा डकुमेन्ट्री सुटिङका लागि उपयुक्त स्थल बन्न थालेको छ । पुरातात्विक, सास्कृतिक, भौगोलिक एवं प्राकृतिक सुन्दरतामा अनेकता भएकोले मुस्ताङलाई नेपाली तथा बिदेशीहरुले सुटिङका लागि उपयुक्त ठानेका हुन ।

उपल्लो मुस्ताङको भ्रमण गर्न बिदेशी नागरिकलाई गृह मन्त्रालय अध्यागमन बिभागको बिषेश अनुमति लिनु पर्ने प्राबधान छ । भ्रमणका लागिमात्र नभई अहिले भने उपल्लो मुस्ताङ नेपाली एव बिदेशीहरुका लागि फिल्म तथा डकुमेन्ट्री बनाउने गन्तब्य बन्न थालेको छ । यसै सिलसिलामा हालैे बिदेशी नागरिकहरुले एक डकुमेन्ट्री सुटिङ्ग  गरिएको छन । उक्त डकुमेन्ट्री सुटिङ्गको लागि गृह मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयबाट स्वीकृति प्रदान गरिएको थियो ।

 फिस्टेल एयरमा गत १६ गते विहान फ्रान्स र अष्ट्रेलियन टोलीले उपल्लो मुस्ताङको चराङ, घमी, घिलिङ, मराङ स्थित पुरानो लुरी गुम्वा, लोमाङथाङ लगाएतको ठाउँहरुमा छायांकन गरिएको टोलीले जानकारी दिएको छ । टोलीका अनुसार  हिन्दु, वौद्ध, इसाई र इस्लाम धर्म गरि ४ धर्मको बारेमा डकुमेन्ट्री  तयार पार्ने क्रममा बौद्ध धर्मको डकुमेन्ट्रीका लागी टोली मुस्ताङ आएको हो । टोली हेलीकप्टरबाट फकिएको छ।

No comments:

Post a Comment