Thursday, February 24, 2011

४० लिटर रक्सि नियन्त्रणमा लिइ सार्वजनिक स्थलमा नस्ट

 फागुन १२ दोलखा ।  दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर छ स्थित किराती छापका महिलाहरुले लुकिछिपि विक्रिका लागि लगिएको ४० लिटर रक्सि नियन्त्रणमा लिइ सार्वजनिक स्थलमा नस्ट गरेका छन्। 

 समाजसुधार आमासमूह जागरण संघमा  आवद्ध महिलाहरुले हालैमात्र मदिरा निशेधित क्षेत्रको रुपमा घोषणा गरिएको सो क्षेत्रमा लुकिछिपी मदिारा कारोबार भइरहेको स्थानिय होटलबाटै मदिरा नियन्त्रणमा लिएर नस्ट गरेका हुन् । यही फागुन नौ गते बसेको समाजसुधार जागरण संघको वार्षिक भेलाबाट उनीहरुले किराती छापलाई मदिरा तथा धुम्रपान निशेधित क्षेत्रको रुपमा घोषणा गरेका थिए ।

साथै सार्वजनिक ठाउँमा जाँडरक्सि तथा सुर्तिजन्य पदार्थ सेवन गर्नेलाई कार्वाही गरिने सूचना पनि प्रचार प्रसार गर्दै आएको उक्त संघकि अध्यक्ष शारदा कुँवरले बताउनु भयो । हाम्रो सूचनाको अवज्ञा गर्दै जवर्जस्ति गरेर मदिरा जन्य पदार्थको कारोबार गर्नेलाई कडा कार्वाही गरिने उहाँले बताउनु भयो । साथै उहाँले सो कार्यमा स्थानिय युवाले पनि साथ दिईरहेको बताउँदै सबैले साथ दिएर आफूहरुलाई हौसला प्रदान गरिरहेको बताउनु भएको छ ।

संघले यस अघि पनि स्थानिय व्यापारीबाट २० लिटर मदिरा नियन्त्रणमा लिइ नस्ट गरेको किराती छापबाट कमला थापाले जानकरी दिनु भएको छ ।

No comments:

Post a Comment