Wednesday, March 23, 2011

मुस्ताङमा एसएलसीको तयारी पुरा, म्याग्दीमा भने केन्द्राध्यक्ष नियुक्ती राजनितिक भागबन्डामा

चन्द्रश्वर बस्ताकोटी
 चैत ९ मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा यस वर्षको प्रवेशिका परिक्षा (एसएलसी)े तयारी अन्तिम चरणमा पुगेको छ ।

चैत १० गते देखि सुरु हुन गइरहेको एसएलसी परिक्षाका लागि सदरमुकाम जोमसोममा रहेको जनहित उच्च माविमा जिल्लाको एकमात्र परिक्षा केन्द्र निर्धारण गरिएको छ । एक्जाम्टेड तफका बिद्यार्थी नभएकाले मुस्ताङमा नियमित तर्फका बिद्यार्थी मात्र सहभागी हुने बताइएको छ । ६० छात्रा र ७० छात्र गरि एक सय तिस विद्यार्थी परिक्षमा सहभागी हुने जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालले जानकारी दिनुभयो ।

खुला शिक्षा कार्यक्रम अन्तर्रगतका ४ जना छात्रा र १३ जना छात्र परिक्षामा सहभागि हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । यसै गरि प्राइभेट तर्फ १ छात्र १ छात्रा परिक्षामा सहभागी हुनेभएका छन । सिट प्लानिङकार्य भैरहेको र प्रवेशपत्र, उत्तरपुस्तीका, प्रश्नपत्र लगायत परिक्षा सामाग्री सम्बन्धित ठाउँमा सुरक्षित पु¥याई सकिएको जिल्ला शिक्षा अधिकारी खनालले बताउनुभयो । 

यसैगरि म्याग्दी जिल्लाका दुई हजार १ सय ५० जना छात्रछात्रा प्रवेशिका परिक्षामा सहभागि हुने जिल्ला शिक्षा कार्यालय, म्याग्दीले जनाएको छ । ९ वटा केन्द्र निर्धारण गरिएका म्याग्दीमा एक हजार ८ सय ६ नियमित र तीन सय ९९ एक्जाम्टेड तर्फका विद्यार्थी सहभागि हुने बताइएको छ । यसैगरी खुल्ला बिद्यालय तर्फ ३६ र विद्यार्थी परिक्षामा सहभागि हुने छन । ९ वटा केन्द्रमा राजनितिक दल निकट शिक्षक संगठनको सिफारीसमा केन्द्राध्यक्ष नियुक्त गरिएको जानकारहरु बताउछन ।

उत्तरपुस्तीका, प्रश्नपत्र, प्रवेशपत्र लगायतका परिक्षा सामाग्रीहरू केन्द्राध्यक्षको जिम्मा लगाईसकेको म्याग्दीका जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment