Sunday, March 6, 2011

संसद बैठक सूचना टासेर स्थगित


फागुन २२ काठमाडौं। व्यवस्थापिका संसदको  आईतवार बस्ने भनिएको बैठक सूचना टासेर भोली सम्मका लागि स्थगित भएको छ । पूर्व प्रधानमन्त्री एवं २०१५ सालको संसदका सभामुख कृष्णप्रसाद भट्टराइको राजकीय सम्मानका साथ अन्त्येष्टी भएका कारण संसद बैठक सूचनामार्फत स्थगित गरिएको हो ।

सरकारले भट्टराइको राजकीय सम्मानकासाथ अन्त्येष्टी गर्न सार्वजानिक विदा दिएका कारण भोलि दिउँसो एक बजे बस्ने गरी आजको बैठक स्थगित गरिएको संसद सचिवालका महासचिव मनोहरप्रसाद भट्टराइद्वारा हस्ताक्षरित सूचनामा उल्ल्ेख छ ।

 भोली बस्ने बैठकले भट्टराइको निधनप्रति शोक प्रस्ताव पारित गर्नेछ ।

No comments:

Post a Comment