Wednesday, March 23, 2011

परराष्ट्र मन्त्रालय पाउने भए पछी फोरम सरकारमा जाने पक्का


चैत ९  काठमाडौं। मधेसी जनअधिकार फोरम नेपाल सरकारमा सहभागि हुने  भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार प्रधानमन्त्री झलनाथ खनालले विगतमा भएका सहमति पूरा गर्ने प्रतिबद्धता जनाएपछि फोरम नेपाल सरकारमा सहभागि हुने पक्का भएको हो ।

प्रधानमन्त्री खनाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवबीच मधेसका मुद्दा सम्बन्धमा विगतका सरकारसँग भएका सहमति कार्यान्वयन गर्ने र शान्तिप्रक्रिया यथाशीघ्र पूरा गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ । तराई मधेसका समस्या, संविधान निर्माण, शान्ति प्रकृया र सत्ता साझेदारी गरी चार वटा बुंदामा एमाले, माओवादी र फोरमबीच सहमति बनेको हो । सहमतिपछि फोरम केन्द्रीय समितिको बैठकपछि सरकारमा जाने मन्त्रीहरुको नामावली तय गर्ने बताइएको छ । स्रोतका अनुसार फोरमले परराष्ट्रसहित तीन मन्त्रालय पाउने छ ।

सहमति पत्रमा एमाले, माओवादी र फोरमका अध्यक्षहरु क्रमशस् उपेन्द्र यादव, पुष्पकमल दाहाल र झलनाथ खनालले हस्ताक्षर  गर्नु भएको छ  ।

No comments:

Post a Comment